अनमोल केसी र केकी अधिकारी पनि राष्ट्रपतिमार्फत विभूषित हुने

काठमाडौं । नायक अनमोल केसी र नायिका केकी अधिकारी पनि राष्ट्रपतिमार्फत विभूषित हुने भएका छन् । संविधान दिवसको अवसरमा हरेक वर्ष सरकारले प्रदान गर्ने विभूषण लिष्टमा उनीहरु पनि परेको बताईएको छ । कलाकारिताको क्षेत्रबाट मुलकुमा योगदान गरेको भन्दै सरकारले पदकमार्फत सम्मान गर्न लागेको जानकारी दिएको हो । मन्त्रिपरिषदको सिफारिसमा यो वर्ष ९ सय ३ जना […]

Continue Reading

आज सातौँ संविधान दिवस v/s कालो दिवस मनाइदै

आज (आईतबार) सातौँ सविधान दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइँदैछ । संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुनुहुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । जनताका प्रतिनिधिद्वारा निर्माण गरी संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई […]

Continue Reading

बजेटमा कर : के मा बढ्यो, कसलाई छुट ?

अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रतिस्थापन विधेयकले उत्पादनमूलक र रोजगारी दिने उद्योगलाई विषेश प्राथमिकता दिँदै सोहीअनुरूप करमा नयाँ व्यवस्था गरेको छ । यसअघि, केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गरेको संशोधित बजेटले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने मनसायसहित करका दरमा नयाँ व्यवस्था गरेको हो । सरकारले केही वस्तुमा करको दर बढाएको छ भने […]

Continue Reading

सरकारले बढायो सबै प्रकारका मोटरसाइकलको कर

सरकारले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलको कर बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि संसदमा पेश गरेको विधेयकले मोटरसाइकलको भन्सार कर बढाउने व्यवस्था गरेको हो । आयात हुने १२५ सीसीदेखि २०० सीसीसम्मको माटेरसाइकलमा १० प्रतिशत अन्तःशूल्क बृद्धि गरेको छ । यसअघि यी मोटरसाइकलमा ४० प्रतिशत कर थियो । १० प्रतिशत बढेपछि अब ५० प्रतिशत पुगेको छ । […]

Continue Reading

एमसिसी पास गर्ने सरकारी तयारीः देशभर उच्च सुरक्षा सतर्कता

सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० जसरी पनि संसद्बबाट अनुमोदन गराउने तयारी थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ। संसद्मा एमसिसी अनुमोदनका लागि पेस भएपछि देशव्यापी आन्दोलन चर्किने सम्भावनालाई ध्यानमा राखेर मन्त्रालयले चारवटै सुरक्षा निकायलाई यस्तो निर्देशन दिएको हो। ‘सामान्य अवस्थाबाहेक केही समस्या आउन सक्छ। यो महिनाभरि नै […]

Continue Reading

नेपाली आकाशमा निरन्तर भारतीय हेलिकोप्टर

जयसिंहको खोजीमा महाकाली किनारमा ‘ड्रोन’ समेत उडाउन नदिएको भारतले केही दिनयता महाकालीवारि बस्ती र ब्यारेकमाथि हेलिकोप्टर उडाइरहेको छ दार्चुला जिल्ला प्रशासनले गृह मन्त्रालयलाई जानकारी र भारतीय समकक्षीलाई लिखित आपत्ति पठायो तर न भारतले उडान रोक्यो, न नेपाल सरकारले प्रतिक्रिया दियो काठमाडौँ — एसएसबीका सुरक्षाकर्मीले तुइन खुस्काइदिएपछि नेपाली युवा महाकालीमा बेपत्ता भएको प्रकरण ठेगान नलाग्दै छिमेकी […]

Continue Reading

नेपालका आठ पूर्वसेनापतिलाई भारतको निम्तो, उद्देश्य अस्पष्ट, तीनजना नजाने

भारतीय सेनाले नेपाली सेनाका पूर्वप्रधान सेनापतिहरुलाई दिल्लीमा एकैसाथ भेला गर्ने भएको छ। नेपाल र भारतका बीच लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रमा विवाद चर्किएयता दुई देशका बीच निकै खटपटपूर्ण सम्बन्ध रहँदै आएको सन्दर्भमा नेपालका सबै भूतपूर्व प्रधानसेनापतिहरु भारतीय सेनाले यसरी एकैसाथ निम्त्याउनुलाई अर्थपूर्ण हेरिएको छ। सैनिक स्रोतका अनुसार, हालसम्म जीवित सातजना भूतपूर्व प्रधानसेनापतिहरु र यसै महिनाको २४ […]

Continue Reading

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणिकरण गरेको राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिए। ‘अध्यादेश जारी भइसकेको छ, यससम्बन्धी राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर […]

Continue Reading

चुनौती स्वीकार गरेर आएको छु, देश र जनतालाई निराश बनाउँदिनः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय शुरु गरेको तथ्य पेश गर्दै घिसिङले भने, “यस पटक त्यतिबेलाको भन्दा ठूला र विशाल चुनौती छन् । त्यसलाई स्वीकार […]

Continue Reading

मोटरसाइकलको ठक्करबाट इन्सपेक्टर कपिलको मृत्यु

काठमाडौं । ईलाका प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका इन्चार्ज प्रहरी निरिक्षक कपिल वाग्लेको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका वाग्लेको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाले बताए । सोमबार राति लु १४ प ७५ नम्बरको मोटरसाइकलले चेकिङ ड्युटीमा रहेका वाग्लेलाई ठक्कर दिएको थियो । […]

Continue Reading