उत्कृष्ट बलिङ र ब्याटिङसहित ओमानमाथि नेपालको एतिहासिक जित

कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेखको कीर्तिमानी साझेदारीसँगै नेपालले ओमानमाथि ऐतिहासिक जित हात पारेको छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबार राती नेपालले ओमानलाई ७ विकेटले पराजित गर्दै इतिहास रचेको छ । ओडिआई क्रिकेटमा नेपालले ओमानलाई पहिलो पटक पराजित गरेको हो । जितको लागि १ सय २२ रनको सामान्य विजयी लक्ष्य […]

Continue Reading

अर्जेन्टिनाको जितमा मेसीको ह्याट्रिक !!

मोन्टे विश्वकप-२०२२ को दक्षिण अमेरिकी छनोटमा शुक्रबार ब्राजिल र अर्जेन्टिना दुवै विजयी भएका छन् । ब्राजिलले पेरुलाई २० ले पराजित गर्‍यो र त्यसमा एभरटन रिबेरो तथा नेयमारले एक-एक गोल गरे । लियोनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियालाई ३–० ले हरायो । मेसीले १४, ८४ र ८८औं मिनेटमा गोल गरे । शुक्रबारका अन्य खेलमा पाराग्वेले भेनेजुएलालाई २ १, उरुग्वेले […]

Continue Reading

तालिवानले महिला क्रिकेटलाई प्रतिबन्ध लगाए अफगानिस्तानसँगको टेस्ट रद्द गर्ने अस्ट्रेलियाको चेतावनी !!

सिड्नी : क्रिकेट अस्ट्रेलियाले बिहीबार महिला क्रिकेटमाथि तालिवानले प्रतिबन्ध लगाए अफगानिस्तानसँग ऐतिहासिक टेस्ट रद्द गर्ने धम्की दिएको छ । तालिवानले महिला खेलकुदमाथि नै प्रतिबन्ध लगाउन सक्नेछ । यसै कारण अफगानिस्तानको अस्ट्रेलिया भ्रमण गम्भीर संकटमा परेको हो । यसअघि तालिवानको सांस्कृतिक कमिटीका प्रमुख अहमदुल्ला वासिकले आफ्नो सरकारको निर्देशनमा अफगानी महिलाले क्रिकेटमात्र होइन, अन्य खेल पनि नखेल्ने बताएका थिए । उनले […]

Continue Reading

नेपाल-भारतको फुटबल हेर्न एमाले अध्यक्ष ओली पुगे दशरथ रंगशाला

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हेर्न दशरथ रंगशाला पुगेका छन् । ओली खेलाडीहरुको हौसला बढाउन रंगशाला पुगेका हुन् । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल अहिले जारी रहेको छ । खेलमा नेपालको कप्तानी किरण चेमजोङले गरेका छन् । यस खेलसँगै कप्तान किरणले नेपालको जर्सीमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल […]

Continue Reading

घरेलु मैदानमा नेपालको भारतसँग पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल !!

काठमाडौँ : नेपालले घरेलु मैदानमै पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार भारतसँग खेल्दै। त्यसका धेरै आयाम हुनेछन्। यसै कारण पनि यो खेलको रौनकता बेग्लै हुनेछ। नेपाल र भारत छिमेकीमात्र होइनन्, एक आपसमा फुटबलका सबैभन्दा ठूलो प्रतिद्वन्द्वी टिम हुन्। तर, संयोग कस्तो भने भारत पहिलोपल्ट अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि काठमाडौंमा ओर्लिएको हो। अहिलेसम्म नेपाल र भारतबीच यस्ता […]

Continue Reading

टोटनहमको लगातार दोस्रो जित, युनाइटेड बराबरीमा रोकियो !!

टोटनहम हट्सपरले प्रिमियर लिगमा लगातार दोस्रो जित हात पार्दा म्यानचेष्टर युनाइटेड भने साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा टोटनहमले वल्भसलाई १-० ले पराजित गरेको छ । प्रशिक्षक नुनो स्पिरितोकोको पूर्व क्लबविरुद्ध जित हात पार्दा डेले अलीले टोटनहमका लागि निर्णायक गोल गरे । उनले खेलको नवौ मिनेटमै पेनाल्टीमा गोल गरेका थिए । वल्भ्सका जोस […]

Continue Reading

लर्ड्समा भारतको ऐतिहासिक जीत, इङ्ल्याण्ड १५१ रनले पराजित !!

भारतले इङ्ल्याण्डविरुद्धको टेस्ट श्रृंखलाको दोस्रो खेल १ सय ५१ रनले जितेको छ। बेलायतको लण्डनस्थित लर्ड्स मैदानमा खेलिएको यो खेलमा दुबै टिमका बीच पाँच दिनसम्म रोमाञ्चक प्रतिस्पर्धा भयो। खेलको पाँचौं तथा अन्तिम दिन सोमबार इङ्ल्याण्डमाथि भारत हावी भयो र पाँच खेलको श्रृंखलामा १–० को अग्रता लिन सफल भयो। भारतले अन्तिम दिन इङ्ल्याण्डलाई २ सय ७२ रनको […]

Continue Reading

बार्सिलोना छाड्नु परेकमा रुँदै पत्रकार सम्मेलनमा उपस्थित भए मेस्सी

काठमाडौं (एजेन्सी)। स्पेनिस ला लिगा क्लब बार्सिलोनाबाट सो क्लबका पूर्वकप्तान लियोनल मेस्सी बाहिरिने निश्चित भएपछि उनले आइतबार पत्रकार सम्मेलन गरेका छन्। पत्रकार सम्मेलनमा उनको आँखाभरी आँशु देखिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्। उनले आफू बार्सिलोना छाड्ने तयारीमा नरहेको तर छाड्नुपर्ने अवस्था आएको बताएका छन्। उनले भनेका छन्, ‘गत वर्ष म यो परिस्थितिका लागि तयार थिएँ। […]

Continue Reading

म्यानचेस्टरलाई हराएर लेस्टर कम्युनिटी सिल्ड च्याम्पियन !!

लन्डन:लेस्टर सिटीले शनिबार म्यानचेस्टर सिटीलाई १–० ले पराजित गरेर इंग्लिस कम्युनिटी सिल्ड जितेको छ । एफएकप विजेता लेस्टरका लागि सब्टिच्युट खेलाडी केलेची इहेनाचोले निर्णायक गोल गरे ।खेल टाइब्रेकरतर्फ अग्रसर देखिएको बेला इहेनाचोले ८९ औं मिनेटमा पेनाल्टीबाट गोल गरे । इग्लिस प्रिमियर लिग विजेता सिटीका एथान एकेले इहेनाचोलाई फउल गरेपछि लेस्टरलाई पेनाल्टी प्रहारको अवसर प्राप्त भएको हो ।लेस्टरले […]

Continue Reading

आखिरमा मेसीले बार्सिलोना छाडे !!

गत डिसेम्बर लियोनल मेसीले कीर्तिमान छैटौंपल्ट बालोन डी’अर जिते । त्यही बेला बार्सिलोनामा उनको भविष्यलाई लिएर प्रश्न उठ्न थालिसकेको थियो । मेसी आफैंले क्लब छाड्ने इच्छा व्यक्त गरेका थिए । अप्रिलमा बार्सिलोना स्पेनिस कप जित्यो । यो बार्सिलोनामा मेसीले जितेको ३५ औं उपाधि थियो । र, यो सान्त्वना पुरस्कारकै रूपमा आएको थियो । ३४ वर्षे अर्जेन्टिनी फुटबलरले बार्सिलोनामा १७ वर्ष बिताए । […]

Continue Reading