सरकारी सेवामा पहिलो, दोस्रोमा नाम निकालेपछि बिहे गरेका जोडीको २ बर्ष नवित्दै सम्बन्धबिच्छेद !

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । भारतमा एक जोडीको सम्बन्धविच्छेदलाई लिएर चर्चा सुरु भएको छ । सन् २०१५ मा यूपीएससीमा शीर्ष स्थान पाएका भारतिय प्रशासकीय सेवा (आईएएस) अधिकारी टीना डाबी र उनका आईएएस पति अतहर खानले जयपुरको परिवार अदालतमा सम्बन्ध विच्छेदको लागि मुद्दा दायर गरेका थिए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

दुवैले आपसी सहमतिबाट यो सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका हुन् । उनीहरूको सन् २०१८ मा विवाह भएको थियो । अतहर कश्मीरी परिवारका हुन् । जब टीना यूपीएससीको प्रथम बनिन्, त्यस बर्ष अतहर दोस्रो स्थानमा थिए । भनिन्छ कि टीना र अतहर प्रशिक्षणको क्रममा एक अर्काको नजिक आए र विवाह गर्ने निर्णयमा पुगेका हुन् ।

दुबै राजस्थान क्याडरका अधिकारीहरु हुन् । उनीहरुको जयपुरमा पोष्टिङ्ग गरिएको छ । टीनाले केही समय अगाडि उनको सामाजिक सञ्जालमा भएका खातामा खानको उपनाम हटाएकी थिइन । यस पछि, अतहरले इन्स्टाग्राममा टीनालाई अनफलो पनि गर्दिएका थिए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *