स्थानियको लाखौं रकम लिएर सहकारीकी अध्यक्ष फरार

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

शुक्लाफाँटा नगरपालिका वडा नम्बर– १ की एकजना महिला ठूलो रकमसहित फरार भएकी छिन् । वडाको सानाकिसान कृषि सहकारी संस्था लिमिटेड पिपलाडीकी अध्यक्ष कलावती दमाई (नेपाली) ले विभिन्न व्यक्तिहरूको रकम लिई फरार भएकी हुन् । पिपलाडी सानाकिसान कृषि सहकारी संस्था, नेपाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड लगायतका विभिन्न संस्थामा विभिन्न व्यक्तिको नामवाट करिव ८० लाख भन्दा वढी रकम लिएर दमाई फरार रहेको खुलेको छ ।

स्थानीयका अनुसार उनले स्थानीय व्यक्ति र सहकारीका शेयर सदस्यहरुका नामवाट ऋण लिएर फरार भएकी छिन् । गाउँका वृद्धवृद्धाबाट समेत रकम लिएर अध्यक्ष दमाई सम्पर्क विहीन भएको गाउँलेहरूले बताएका छन् । “अध्यक्ष दमाईको नाममा १ लाख ५० हजार ऋण रहेको छ ।“ पिपलाडी सानाकिसान कृषि सहकारी संस्था लिमिटेडकी प्रवन्धक माधवी गिरिले भनिन् । फरार नेपाली विरुद्ध अस्थाई प्रहरी पोष्ट बन्साहमा निवेदन परेको छ । वडाध्यक्ष हरीश विष्टका अनुसार वडा नं– १ बस्ने उत्तरा विष्ट लगायत २७ जनाले उनको खोजतलास र रकम असुल उपर गराइदिन वडा कार्यालयमा संयूक्तरुपमा निवेदन दिएको जानकारी गराएका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *