किन यी जन्मिएको ४ मिनेटमै बिश्वभर भा’ईरल भईन त

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

मानिसहरु चर्चामा आउन वा भा’इरल हुन के सम्म गर्दैनन् । तर अनेकौं प्रयास गर्दा पनि कतिपय अवस्था बाहेक मानिस भा’इरल हुन सक्दैनन् ।

तर ब्राजिलकी एक नवजात शिशु जन्मिएको ४ मिनेटमा नै यति भा’इरल भइन् कि विश्वभर उनको चर्चा चुलिएको छ ।

यसरी जन्मिएको ४ मिनेटमा नै भा’इरल हुने नवजात शिशुको तस्वीर अहिले सामाजिक सञ्जालमा भा’इरल बनेको छ । दक्षिण अमेरीकी मुलुक ब्राजिलको रियो दी जेनेरियोमा एक बालिका जन्मनसाथ भाइरल बनेकी हुन् । यसरी भाइरल हुनुको पछाडि भने उनको अनुहारको भाव (फेसियल एक्सप्रेसन) हो ।

खासमा शिशु जन्म भएपछि चार मिनेटमा नै चिकित्सकले उनको नाभी काट्न खोजे । तर जन्मदा नरोएकी शिशुको नाभी का’ट्नुअघि उनलाई रुवाउन आवश्यक थियो ।

तर जसै चिकित्सकले उनलाई रुवाउन कोशिस गरे शिशुले एकाएक रि’साएको भाव देखाइन् । उनको यस्तो प्रतिक्रिया देखेर अस्पतालको वातावरण उल्लासमय बनेको थियो । नाभी काटेपछि भने उक्त नवजात शिशु (बालिका) रोएकी थिइन् ।

आमा डेनी दि जेसस बरबोसाले इसाबेला जन्मेपछिको फोटो खिच्न स्थानीय फोटोग्राफर रोडरिगो कुनस्टमानलाई जिम्मा दिएकी थिइन्। रोडरिगोले नै शिशुको आश्चर्य लाग्दो प्रतिक्रियासहितको तस्विर कैद गरेका थिए।

फोटोग्राफर रोडरिगोका अनुसार प्रसूती चिकित्सकले शिशुको नाभी काट्नुअघि नै रुवाउन खोजेका थिए। ‘उनले आँखा उघारेर हेरिन्, तर रोइनन्,’ उनले भने, ‘डाक्टरले इसा रोऊ समेत भने। उनले ग*म्भीर प्रतिक्रिया देखाइन् र नाभी का*टेपछि मात्रै रुन थालिन्।’

उनले इसाबेलाको १० महत्वपूर्ण तस्वीर खिचेका छन् जसमा उनको महत्वूर्ण क्षण कैद छन्। उनको पहिलो रोदनसहितको तस्विर रोडरिगोले आफ्नो सामाजिक सञ्जालमा समेत राखेका छन्।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *