अनमोलले तोडे अर्को रेकर्ड

मनोरञ्जन
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कलिउड हंगामा । होस्टलबाट नेपाली रजटपटमा अभिनेता भुवन केसीका छोरा अनमोल केसीले डेब्यू गरे।
सिनेमाको सफलताले गर्दा उनलाई नयाँ पुस्ताको सम्भावित सुपरस्टारका रूपमा हेरियो।
हालसम्म उनका सिनेमाले वक्सअफिसमा मिश्रित व्यापारिक प्रदर्शन गरेका छन्। यसका बाबजुत पनि उनका सिनेमाले ओपनिङ भने सँधै राम्रो गर्दै आएका छन्।

यसो हुनुमा उनको स्टारडमको प्रभाव छ। यसका कारण उनको पारिश्रमिकले आज ५० लाख रुपैयाँको नेटो काटिसकेको छ।

यीसँगै उनीसँग जोडिने एउटा अर्को तथ्य थियो( अनमोलले कुनै पनि नायिकासँग दोहोर्याएर सिनेमामा काम गर्दैनन्।

यसबारेमा उनले परिस्थितिले नयाँ नायिकासँग मात्र काम गरेकोु स्पष्टिकरण गरेका थिए।

हालसम्म अनमोलका सात सिनेमा रिलिज भएका छन्। सात सिनेमा उनले ८ नायिकासँग जोडी बाँधे।

यसले गर्दा अनमोलले सँधै नयाँ नायिकासँगमात्र काम गरेर आफूलाई फरक देखाउन खोजेको पनि भनियो।
तर यो सिलसिला ुए मेरो हजुर ४ुमा आएर तोडिएको छ।
यस सिनेमामा अनमोलले यसको अघिल्लो श्रृखंलाकै नायिका सुहाना थापासँग जोडी बाँध्नेछन्। सिनेमाका लागि उनले शनिबार अनुबन्धन सम्झौता गरेसँगै उनको सिनेमापिच्छे फरक(फरक अभिनेत्रीसँग काम गर्ने सिलसिला तोडिएको हो।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *