स्व श्रीकृष्ण श्रेष्ठको डुप्लिकेट भनेर चर्चा बटुलेका टिकटक स्टार प्रकाश चन्दले पाए फिल्म खेल्ने अवसर !

मनोरञ्जन
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। राजु गिरीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘तिम्रो हुने कहिले’ शुभमूर्हत गरिएको छ । मंकर संक्रान्तिको अवसर पारेर बिहीबार राजधानीको भद्राकाली मन्दिर परिसरमा चलचित्रको शुभमूर्हत गरिएको हो । शुभमूर्हतमा सञ्चारकर्मी गीता अधिकारीले एक्सन कट र साहित्यकार भीष्मराज फुलाराले नरिवल फोरेका थिए भने कलाकार सबिन बास्तोला, प्रकाश चन्द, सारदा गिरी (काली बुढी), करुणा पाण्डे मीना जिसी, मौसमी ओलीले मूर्हत सर्ट दिएका थिए । ****** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला******

क्लसिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल, श्याम खत्रीको निर्माण रहने चलचित्र ‘तिम्रो हुने कहिले’ माघको २ गते शुक्रबार बाट छायांकनमा जादै छ । यो सिनेमा निर्देशक गिरीले दुई बर्ष पछि निर्देशन गर्न लागेका हुन् भने उनको अघिल्लो सिनेमा ‘मखमली मखमली’ रहेको थियो ।

‘तिम्रो हुने कहिले’ मा नृत्य रामजी लामिछाने र सुनिता वसनेतको रहने छ । यसमा स्व. श्रीकृष्ण श्रेष्ठको डुप्लिकेट भनेर चर्चा बटुलेका टिकटक ब्वाई प्रकाश चन्द, करुणा पाण्डे, मिना जि.सि. सविन बास्तोला, सुधन धिताल, ललित सिंहलगायतका कलाकारको अभिनय रहेने छ । टिकटक भाईरल प्रकाश चन्दको ‘तिम्रो हुने कहिले’ डेब्यु सिनेमा हो ।*****याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *