नेपालको सगरमाथालाई भारतको दाबी गर्ने सुधिर चौधरीलाई तपाईं के भन्नुहुन्छ ?

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालबारे पटक–पटक भ्रामक सामग्री सम्प्रेषण गरेर विवादित बनेको भारतीय च्यानल जी न्यूजले नेपालमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाबारे भ्रम फैलाउने कोसिस गरेको छ। जी न्यूजले सगरमाथा भारतको पनि भएको दाबी गर्दै विवादास्पद अभियानको घोषणा गरेको छ। प्रधानमन्त्री ओलीको अन्तर्वार्ता बजाएको अर्को दिन उक्त च्यानलले सगरमाथामा भारतीयले दावा ठोक्नु पर्ने भन्दै सामग्री प्रसारण गरेको छ। ****** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिने र सगरमाथामा दावा प्रस्तुत गर्नुपर्छ भन्ने व्यक्ति एकै हुन्- जी न्यूजका सम्पादक सुधीर चौधरी। मंगलबार प्रशारित एक कार्यक्रममा च्यानलका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथाको बेस क्याम्पमा पुगेर यस्तो अभियानको थालनी गरेको बताएका हुन्।

उनले सगरमाथाको नाम ‘माउन्ट एभरेष्ट’ नभएर ‘माउन्ट सिकदर’ राख्नुपर्ने बताएका हुन्। उनले भारतीय राधानाथ सिकदरले सगरमाथाको उचाई पहिलो पटक नापेको दाबी गर्दै यसको नाम पनि उनकै नामबाट राखिनुपर्ने बताएका हुन्। प्रधान सम्पादक चौधरीले नाम मात्र फेर्ने नभएर सगरमाथा माथि भारतले दाबी गर्नुपर्ने बताएका छन्। ‘माउन्ट एभरेष्टको नाम राधानाथ सिकदरको नामबाट हुनुपर्छ’, प्रशारित कार्यक्रममा उनले भनेका छन् ‘यसका लागि भारतले अभियान चलाउनुपर्छ, र हामीले विश्वसामु हाम्रो दाबी प्रस्तुत गर्नुपर्छ।’


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *