नेपालगञ्जमा बैंक म्यानेजर केटी लिएर अफिसको गाडीमा डेटिङ गए, दुर्घटनामा युवतीको मृत्यु

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

बाँके जिल्लामा केही समय अघि एक युवतीको मृत्यु हुनेगरि भएको सडक दुर्घटना बैंक म्यानेजरसँग डेटिङ गएर फर्कदा भएको खुलेको छ ।

उक्त दर्घटनामा राप्रपा बाँकेकी नेतृ विन्दु चर्तीमगर, राष्ट्रिय वाणिज्य बैंक धम्बोझी शाखाका म्यानेजर विनोद पाण्डे घाइते भएका थिए भने संगिता मगरको ज्या न ग ए को थियो ।

नेपालगञ्ज कार्यालय भएको सेताखरी अनलाईनले यसबारे समाचार छापेको छ । सो अनलाइन अगिाडि लेख्छ, संगिताका श्रीमान विदेशमा रोजगारी गर्छन् ।

२०७७ पुष १५ गते दिउँसो उनीहरु डेटिङ्मा निस्किएका थिए । म्यानेजर पाण्डेले त्यस दिन वाणिज्य बैंकको बा १८ च ३६८६ नम्बरको गाडी ड्राइभरलाई नलगेर गाडी आफै चलाएर लगे ।

सेतो खरीका अनुसार बैंक म्यानेजर पाण्डेको ती युवतीसँग कुनै नाता पर्दैन न एउटै गाउँ ठाउँका नै हुन् । बैंक म्यानेजर दाङ निवासी हुन् भने विन्दु र संगिता राझाँ निवासी हुन् ।

अफिसियल हिसाबले ऋण लगानी गर्नका लागि कहिं जग्गा हेर्न जान लागेका हुन् भन्ने मान्ने हो भने पनि विन्दु र संगिताको जग्गा जमिन शम्शेरगन्ज उता कहिं छैन ।

नातेदार सोच्ने हो भने बैंक म्यानेजरसँग उनीहरुको कुनै नाता पर्दैन । एउटै गाउँ ठाउँका दिदी बहिनी सोच्ने हो भने एउटै ठाउँका पनि होइनन् उनीहरु ।

सधैं बाहिर जाँदा बैंकको ड्राइभरलाई लिएर जाने बैंक म्यानेजरले किन त्यसदिन आफैंले चलाएर गाडी लगे त? दिन ढल्कन लाग्दा विन्दु र संगितालाई लिएर किन निस्किए त म्यानेजर पाण्डे? भन्ने प्रश्न उक्त अनलाईनले उठाएको छ ।

बैंक म्यानेजर पाण्डेले चलाएको गाडि फर्कने बेला पूर्वी दिशाबाट आइरहेको वाणिज्य बैंकको टाटासुमो गाडी र पश्चिमबाट पूर्व गइरहेको ट्रक रातीको ८ बजेतिर बाँकेको शम्शेरगन्ज नजिक एक आपसमा ठो कि ए र उक्त दुर्घटना भएको थियो ।

बैंक म्यानेजर पाण्डे र नेतृ बिन्दुले सेतोखरीको दावी खण्डन गरेका छन् र यस समाचारमा सत्यता नभएको बताएका छन् । सांकेतिक तस्वीर


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *