यो वर्षका संसारकै राम्रा-नराम्रा पासपोर्टको सूची सार्वजनिक, नेपाल पर्‍यो खराबमा!

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

‘द हेन्ले पासपोर्ट सूचांक’ले संसारकै राम्रा र खराब पासपोर्टको सूची जारी गरेको छ। अमेरिकी अखबार सिएनएनमा प्रकाशन भएअनुसार संसारकै राम्रो पासपोर्टको पहिलो नम्बरमा जापान परेको छ।

जापानी पासपोर्टबाट सबभन्दा धेरै देश सहजै जान पाइने भएकाले यो अग्रणी भएको हो। द हेन्लेले संसारभरका देशका कुन पासपोर्टले सहजै यात्रा गर्न सकिन्छ भन्ने आधारमा यो सूची तयार पार्छ।

जापानी पासपोर्टबाट सबै प्रकिया गरी १९१ देश जान सकिने सिएनएनले लेखेको छ।
त्यस्तै १९० देश जान सकिने क्षमताका आधारमा सिंगापुर पासपोर्ट दोस्रो नम्बरमा परेको छ।
१८९ देश जान मिल्ने गरी दक्षिण कोरिया र जर्मनी दुवै तेस्रो स्थानमा छन्।

चौथोमा इटाली, फिनल्यान्ड, स्पेन र लक्जेम्वर्ग (१८८ देश) छन्। अघिल्लो वर्ष पहिलो, दोस्रो, तेस्रोमा अहिले परेकै देशहरू थिए भने चौथोमा इटाली र फिनल्यान्ड मात्र थिए। स्पेन र लक्जेम्वर्ग पोहोरसम्म १८७ देश घुम्न जान मिल्ने भएकाले पाँचौं नम्बरमा थिए।

यो वर्ष पाँचौंमा डेनमार्क र अस्ट्रिया (१८७ देश) छन्। अस्ट्रिया पोहोरसम्म १८५ देश मात्र जान मिल्ने हुनाले सातौंमा थियो।

छैठौंमा स्विडेन, फ्रान्स, पोर्चुगल, नेदरल्यान्ड्स र आयरल्यान्ड (१८६ देश) छ। पोहोर पोर्चुगल, नेदरल्यान्ड्स, आयरल्यान्ड १८५ देशसहित सातौंमा थिए।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *