प्रदेश २ : तल्लो जातको केटासँग प्रेम गरेको भन्दै आमाले नै छोरीलाई जलाएर मारिन, यसरी खुल्यो पोल

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

पर्सामा तल्लो जातको केटासँग प्रेम गरेको भन्दै आफ्नै आमा बुवाले नै छोरीको ह’त्या गरेको खुलेको छ ।

बहदुरबामाई नगरपालिका वडा नम्बर ८ स्थ्ति रामनगरीमा आगलागीमा परेर मृ’त्यु भएको भनिएको युवतीलाई बुवाको सहमतीमा आमाले आगो लगाएर नै हत्या गरेको खुलेको हो ।

प्रहरीका अनुसार लक्ष्मीपूजाको दिन गएको कात्तिक २९ गते राति १० बजेतिर फुसको घरमा भएको आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृ’त्यु भएको भनिएको थियो ।
लालमतीका श्रीमान मनाबोध फरार छन् । उनको नाममा पर्सा जिल्ला अदालतले प’क्रा’उ पुर्जी जारी गरिसकेको छ । लालमती देवीविरुद्ध पुस २२ गते पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनी पुर्पक्षका लागि कारागारमा छिन् ।

यसरी गरिन हत्या

साँझ ६ बजे घरपरिवारका सबै सदस्यले लक्ष्मीपूजा गरेर खाना खाएर ८ बजेतिर सु’त्न ओछ्यानतिर लागे । छोरी सुतिन् । आमा लालमती र बुवा मनबोधले भने छोरीले इज्जत गुमाएर समाजमा मुख देख्न नसक्ने अवस्था आउनसक्ने निष्कर्ष निकाले र आगो लगाएर मारिदिनुपर्छ भनेर सल्लाह गरे ।

त्यसपछि आमा पनि छोरीसँगै सुत्न गइन् । छोरी निदाइसकेपछि कपडामा मट्टीतेल छ’र्कि’ए’र आगो लगाइदिइन् । घरमा आगो लागेकोजस्तो देखाउन फुसको छानामा समेत आगो झोसिन् । त्यसपछि आफूहरु बाहिर निस्किएर बाहिरबाट ढोका बन्द गरिदिएको आमा लालमतीले प्रहरीसँगको बयानमा बताएकी छन् ।

बुहारी मनिषादेवीले आगो निभाउन खोज्दा छोरालाई लिएर भागिहाल् भनेर गाली गरेको र नगिना साह आएर आगो निभाउन खोज्दा बाँसको भाटाले टा’उ’को’मा हानेर आगो निभाउन नदिएको लालमतीले बताएकी छन् । पछि छिमेकीअरु जम्मा भएर आगो निभाएका थिए ।

पहिला विष खुवाएर मारेको हो वा सीधै जलाएको हो भन्नेबारे प्रहरी अनुसन्धानले स्पष्ट पार्न सकेको छैन । पोष्टमार्टम गर्दा भिसेरा निकालेर परीक्षण गर्नुपर्नेमा चिकित्सकले त्यसो नगरेका कारण अनुसन्धान कमजोर बनेको प्रहरी स्रोतले जनाएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *