पूर्व युवराज पारसले परिवारसंगको सम्बन्ध सुधार्दै , हिमानीले दिइन् माफी !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

मुलुकमा गणतन्त्र आएपछि पनि पूर्वराजपरिवारका बारेमा चासो राख्ने धेरै नेपाली छन् । पूर्वराजाको परिवारका सदस्यले के गर्दैछन् भन्ने कुरा समाचार बन्ने गर्छन।
पूर्व राजपरिवारमा सबैभन्दा धेरै समाचारमा छाउने पूर्व युवराज पारस शाह हुन् । उनी नकारात्मक समाचारमा धेरै छाउँछन् । सामाजिक काममा सकृय पूर्व युवराज्ञी हिमानी शाह पनि समाचारमा आउने गर्छिन।

धेरै वर्ष थाइल्याण्डमा बसेका पूर्वयुवराज पारस अहिले विगत केही वर्ष देखि नेपालमा छन् । थाइल्याण्ड युवतीको प्रेममा परेको खबर पछि उनको परिवारका सदस्यसंग सम्बन्ध चिसिएको भनिएको थियो।

उनी आफ्नी श्रीमती हिमानी र छोराछोरीलाई समेत बेवास्ता गरेर बैंककमा बसेको बताइएको थियो । तर २०७१को अन्त्यतिर नेपाल फर्किए पछि पनि उनी परिवारका साथमा बसेका छैनन्।
धेरै जसो पोखरामै देखिने उनी सामाजिक काममा पनि लाग्न थालेका छन् । लकडाउनको समयमा केही विपन्नहरुलाई सहयोगमा सकृय भएको देखिएको थियो ।

नेपाल फर्किए पछि आक्कलझुक्कल छोराछोरी र बहिनीहरुलाई भेटे पनि अन्य पारिवारिक सदस्यहरुसँगको भेट गर्न नदिइएको भनिएको थियो ।तर, पछिल्लो वर्ष पारसको पारिवारिक सम्बन्ध राम्रो रहेको देखिन्छ ।छोरा हृदयेन्द्रको व्रतबन्धमा हिमानीसँगै देखिएका पारस रेष्टुरेन्टमा हुने पारिवारिक भोजमा बुवा ज्ञानेन्द्र, आमा कोमलसहितका पारिवारिक सदस्यसँगै हुने गरेका छन् ।

यही पेरिफेरिमा पूर्वयुवराज पारस र उनका छोरा हृदयेन्द्रको एउटा तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । जुन तस्विरमा हृदयेन्द्रले आफ्ना पिता पारस केही खुवाइरहेका छन् । ढाका टोपीमा सजिएका दुवै हँसिलो मुद्रामा देखिएका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *