नेपाली सेनाको मुख्यालयमा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन

राष्टिय
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ — ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७’ नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन गरिएको छ ।

सोमबार भद्रकालीस्थित ज‌ङ्गीअड्डामा आयोजित विशेष समारोहमा नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले केन्द्रको उद्घाटन गरेका हुन् । केन्द्रमा पृथ्वीनारायण शाहकालीन इतिहास झल्काउने चित्रकलालगायतका महत्‍त्वपूर्ण जानकारी रहेको पनि सेनाले जनाएको छ ।
कार्यक्रममा प्रधानसेनापति थापाले पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेका थिए ।

पृथ्वी जयन्तीका अवसरमा सेनाले राष्ट्रव्यापी ‘राष्ट्रिय कविता प्रतियोगिता २०७७’ पनि आयोजना गरेको थियो । प्रतियोगितामा ३६९ कविता सहभागी भएको र उत्कृष्ट १० तथा छनौट भएका थप उत्कृष्ट ३० कविहरुसहित जम्मा ४० जना कविहरुले आइतबार उपत्यका पृतना मुख्यालयको अडिटोरियम हलमा कविता वाचन गरेका थिए । साथै त्यही दिन उत्कृष्ट ३० कविहरुलाई प्रमाण पत्र तथा पुरस्कार वितरण पनि गरिएको थियो ।

त्यस्तै उत्कृष्ट १० कविहरुलाई सोमबार नेपाली सेनाको जङ्गीअड्डास्थित सभामण्डप हलमा वाचन गरी प्रमाण पत्र तथा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको पनि सेनाले जनाएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *