संसद्‌ विघटनको विरोधमा धनगढीमा बयलगाडा प्रदर्शन

राजनीति
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी — प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको विरोधमा बयलगाडा प्रर्दशन गरिएको छ ।

नेकपा दाहाल–नेपाल समूह निकटको अनेरास्ववियु कैलालीले धनगढी बजारको मुख्यमार्ग क्याम्पस रोडदेखि पार्कचोकसम्म बयलगाडा र्‍याली निकालेको हो ।
प्रधानमन्त्री ओलीले जनआन्दोलन–२ मा ‘गणतन्त्र आउनु भनेको बयलगाडामा अमेरिका पुग्न जस्तै हो’ भनेर दिएको अभिव्यक्तिलाई व्यंग्य गर्दै उनीहरुले बयलगाडा प्रदर्शन गरेका हुन् ।

कोणसभामा विद्यार्थी नेताहरुले प्रधानमन्त्री ओलीले गणतन्त्र ल्याउँदै गर्दा ‘गणतन्त्र आउनु भनेको बयलगाडामा अमेरिका पुग्न जस्तै हो’ भनेका थिए । अहिले पनि संसद् पुन:स्थापनाको आन्दोलनलाई समेत त्यसैगरी नजरअन्दाज गरेकोले संसद् पुन:स्थापना भएरै आन्दोलन रोकिने बताए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *