बेलायत बस्दै आएका गायक बद्री केसी मृत अवस्थामा फेला

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

बेलायत- करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृ’त भेटिएका छन् ।

शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झु’ण्डि’को अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पती रेग्मीले जानकारी दिए ।

पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत पुगेका थिए । केही वर्षअघि नेपाल नै बस्ने गरी फर्किएका केसी पुनः बेलायत फर्किएका थिए ।

लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आएका केसी लण्डनको चिरपरिचित गायक थिए ।

उनको आत्महत्याको कारण अझै खुल्न सकेको छैन । घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको छ ।- रासस


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *