छुटे ‘निर्मला पन्तको ब’ला’त्का’री खै?’ टिसर्ट लगाउँदा पक्राउ परेका सात युवा

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

भीड असुरक्षित हुने ठानेर नियन्त्रणमा लिएका थियौं : प्रहरी

शुक्रबार बिहानैदेखि धनगढीमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।पछिल्लो राजनीतिक अवस्थाले सिर्जना भएको माहोलबीच प्रधानमन्त्री धनगढी आउने कार्यक्रम थियो।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षाका लागि खटिएका थिए।

तालिमप्राप्त कुकुरसहितको टोली, सेनाको वम डिस्पोजल टोली पनि विमानस्थल र कार्यक्रम स्थलमा परिचालित थिए।नेकपाको प्रचण्ड–नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियुले केही स्थानमा टायर बालेर प्रधानमन्त्री आगमनको विरोध गरेको थियो। अनेरास्ववियु कैलालीका सह–संयोजक समिर जोशीले दुई स्थानमा टायर बालेर विरोध गरिएको बताए।

विवेकशील साझा पार्टीले कालो बेलुन उडाएर प्रधानमन्त्रीको विरोध गरेको थियो।
प्रधानमन्त्री मञ्चमा पुगुन्जेल प्रहरीले कसैलाई पनि नियन्त्रणमा लिनु परेको थिएन।

दिउँसो २ बजेपछि खुलामञ्चमा आमसभाको औपचारिक तालिका अनुसार कार्यक्रम सुरू भएको थियो।कैलाली, कञ्चनपुरसहित सुदूरपश्चिमका विभिन्न स्थानबाट ओली समर्थक नेता तथा कार्यकर्ता कार्यक्रम स्थलमा सहभागी थिए।

ओली समूहका नेकपा केन्द्रीय सदस्य समेत रहेका नेता नारदमुनी रानाले आमसभामा २० हजार मानिस सहभागी भएको दाबी गरे। त्यही भीडमा ‘निर्मलाको ब’ला’त्का’री खै’ लेखेको टिसर्ट लगाएका केही युवा देखिए।

यस्तै प्रहरीले ‘जस्टिस फर’ निर्मला लेखेका टिसर्ट लगाएका युवा पनि समूहमा देखेपछि उनीहरूमाथि निगरानी बढाएको थियो। यस्तो टिसर्ट लगाउने सात जनालाई प्रहरीले तत्काल नियन्त्रणमा लियो।

शुक्रबार दिउँसो नियन्त्रणमा लिइएका उनीहरूलाई सोधपुछ गरी अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

‘उनीहरू सातै जना धनगढीकै हुन्,’ उनले भने।
भीडमा निर्मला पन्तको ब’ला’त्का’री खै लेखेको टिसर्ट लगाउनेहरू नै अरूबाट असुरक्षित हुनसक्ने भन्दै नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

‘उनीहरु विद्यार्थी रहेछन्, निर्मला पन्तको केश सल्भ नभएकाले यसतर्फ ध्यान केन्द्रित गर्न टिसर्ट लाएको भनेका छन्,’ डिएसपी विष्टले भने।
स्रोतका अनुसार बोलन्या थली नामको नागरिक अभियानले प्रधानमन्त्रीको कार्यक्रममा निर्मला पन्तको विषय उठाउने योजना बिहीबार नै बनाएको थियो।
शुक्रबार पक्राउ परेका ती विद्यार्थीहरू बोलन्या थलीसँग सम्बन्धित छन्। बोलन्या थली अभियानका संयोजक यादव जोशीलाई यसबारे बुझ्दा उनले घटनाको जिम्मेवारी लिइने बताए।

‘नागरिकका मुद्दामा बोल्ने अभियान अन्तर्गत यसो गरिएको हुनसक्छ,’ उनले भने।
जोशीले राजनीतिक, संवैधानिक मुद्दाहरूलाई विषयान्तर गर्ने अभिप्रायले यो नगरेको बताए।
उनले साथीहरू गिरफ्तार परे पनि न्याय मर्ने छैन, अवाज मर्ने छैन भन्दै सामाजिक सञ्जालमा लेखेका छन्।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *