स्कुल बसले कि’च्दा शिक्षिकाको घटनास्थलमै मृ’त्यु

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई चक्काको बिचमा परेर बाँचेः घाइते विकल भट्टराई ​

स्कुल बसले किचेर शुक्रबार साँझ मोरङको कानेपोखरीमा एक जना शिक्षिकाको ज्या’न गएको छ।कानेपोखरी-रंगेली सडक अन्तर्गत कानेपोखरी-५ भौसाबारीमा स्कुल बसले ठक्कर दिँदा रंगेली नगरपालिका ९, बेलचोककी ४० वर्षीया गीता भट्टराई (नेपाल) को घटनास्थलमै मृ’त्यु भएको हो।
कानेपोखरी, रमाइलोस्थित बालजगत बोर्डिङ स्कुलको को १ क ३००९ नम्बरको बसले कि’च्दा को ८ प ७३६३ नम्बरको मोटरसाइकलमा सवार भट्टराईको ज्यान गएको मोरङ प्रहरीले जानकारी दिएको छ। अन्दाजी ३० वर्षका बाइक चालक विकल भट्टराई घाइते भएका छन्।

शुक्रबार ४:१० बजे स्कुलबाट विद्यार्थी पुर्‍याउन गएको बसले भौसाबारीमा मोटरसाइकललाई ठ’क्क’र दिएको थियो। बसको ठक्करबाट ढलेको मोटरसाइकललाई ब्याक गरेर किचेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले पनि बस ब्याक गर्दा दुर्घटना भएको बताएका छन्।

चालकको ग’म्भी’र लापरबाहीले दुर्घटना भएको भन्दै स्थानीयले सडक अवरूद्ध गरेका छन्।

यसैबीच गाडीसहित चालकलाई पथरी प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी कृष्ण खड्काले सेतोपाटीलाई जानकारी दिए।

खड्काका अनुसार मृतकको शव उठाउन सामान्य बलसमेत प्रयोग गर्नुपरेको थियो। ‘हामीले सामान्य बल प्रयोग गरेर मृतकको श’व उठाएर पोष्टमार्टमका लागि मंगलबारे अस्पातल ल्याएका छौं,’ खड्काले भने,‘रंगेली लैजाने प्रयास गर्दा स्थानीयको ढुंगामुडाले शव बोकेको एम्बुलेन्समासमेत क्षति पुगेकाले थप क्षति रोक्न यता ल्याएका हौ।’


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *