राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर लागेको नाराप्रति सांसद रावलको आपत्ति-‘तपाईको घरमा छोरी–श्रीमती छैनन् ?’

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा ‘पार्वती’ले सडकमा राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर लागेको आपत्तिजनक नारा क्षमायोग्य नभएको बताएकी छिन् । शुक्रबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद दिलकुमारीले ३ जना पूर्व प्रधानन्त्रीले नेतृत्व गरेको सभा र जुलुसमा लागेको नारा सुन्दा स्वाभिमानी नेपालीहरुको शीर निहुँरिएको बताइन् ।

उनले भनिन्– ‘एउटा सार्वभौम सम्मानित संस्था राष्ट्रपति जस्तो गरिमामय पद, जो जननेता मदन भण्डारीकी जीवन संगिनी जो कम्युनिष्ट आन्दोलन र महिला मुक्ति आन्दोलनको नेतृत्व गर्नुभयो । राज्यका सबै निकायमा महिलाको ३३ प्रतिशत सुनिश्चिता गरी अन्तरिम संसदबाट पास गरी नेतृत्व लिनुभयो । तिनै नेतृत्व, राजनीतिक सामाजिक महिला मुक्ति आन्दोलनको अथक योद्धा विरुद्धमा यस्तो अपमान ? यत्रो धावा ? उहाँको अस्मिता ? उहाँको सतित्वमाथि प्रहार । यो भन्दा घृणित कार्य के हुनसक्छ ?’

उनले देशका यूवापुस्तालाई कस्तो संस्कृति संस्कार सिकाउँदै हुनुहुन्छ भन्दै प्रश्न समेत गरिन् । उनले राजनीतिक एजेण्डा सकिएका कारण नैतिकताहिन नारा लगाएको हो भन्दै प्रश्न समेत गरिन् । उनले भनिन्– ‘आदरणीय नेतागणहरु तपाईहरुको छोरी छैन ? तपाईहरुको बुहारी छैन ? तपाईहरुको श्रीमती हुनुहुन्न् ? उहाँहरुको व्यक्तिगत सामाजिक जीवन छैन् । उहाँहरुको अधिकार र अस्तित्व छैन ? यो तपाईहरुको साँस्कृतिक विचलनको पराकाष्टा हो भन्ने मलाई लाग्छ ।’

प्रतिनिधिसभा विघटनविरुद्ध गत पुस १५ गते नेकपा प्रचण्ड नेपाल पक्षले काठमाडौंमा गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई जोडेर आपत्तिजनक नारा लागेको थियो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *