सिरहा : छोरालाई घरमा सुताएर आमाबुवा बजार जाँदा आगलागी, जलेर छोराको मृत्यु

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

घरमा लागेको आगलागीबाट सिरहामा एक ८ वर्षीय बालकको जलेर मृत्यु भएको छ । सिरहाको मिर्चेया नगरपालिका ७ स्थित बुधबार साँझ रसिद राइनको घरमा आगलागी हुँदा उनको ८ वर्षीय छोरा जाबिरको मृत्यु भएको हो ।

८ वर्षीय छोरालाई घरभित्र सुताएर आमाबुवा बजार गएको समयमा आगलागी हुँदा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चेयाका डीएसपी सन्तुलाल जयसवालले जानकारी दिए ।

उनका अनुसार बुधबार साँझ जाबिरलाई घरभित्र सुताएर रसिद र उनकी श्रीमती बजार गएका थिए । लामखुट्टेले धपाउनका लागि उनीहरुले घुर पनि बालेर गएका थिए । सोही घुरको आगो सल्केर आगलागी हुँदा बालकको मृत्यु भएको डीएसपी जयसवालको भनाइ छ ।

‘बजार जाँदा बालिएको घुर निभाएर गएको भए आगलागी हुने थिएन,’ इलाका प्रहरी कार्यालय मिर्चेयाका डीएसपी सन्टु जयसवालले थपे, ‘लापरबाही भएकै कारण ठूलो घटना भएको छ ।’

उक्त आगलागीले घर र घरभित्रका सम्पूर्ण सामान जल्दा रु ५ लाख बराबरको क्षति समेत भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । आगोलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *