गुल्मीको साविक बलेटक्सार गाविस–८ (हाल रुरु गाउँपालिका–४) ठानीडाँडाका बुद्धिप्रसाद पन्थ (८४) को उच्च शिक्षा अध्ययन गर्ने ठूलो इच्छा थियो । पारिवारिक कारण र आर्थिक अवस्थाले गर्दा उनले त्यो बेला सामान्य लेखपढ गर्न जान्नेबाहेक माथिल्लो तहसम्म पढ्न पाएनन् । आफ्नो इच्छा र चाहना हुँदाहुँदै पनि अध्ययन गर्न नपाए पनि छोराहरूलाई भने दुःख गरेर पनि उच्च शिक्षा पढाउने पन्थको अठोट थियो । त्यो समयमा पन्थको परिवार निम्नमध्यम वर्गीय थियो । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****
पन्थका ६ छोरा छन् ।गुल्मीको बलेटक्सार, रिडी र थोर्गा खुदोका लागि प्रख्यात ठाउँ हो । साविक पश्चिमाञ्चल क्षेत्र (हाल प्रदेश ५) गुल्र्मीको थोर्गाको खुदो भनेपछि सबै हुरुक्क हुन्छन् । पन्थको परिवारले पनि उखु खेती गर्थ्यो । उनले उखु लगायत अन्य कृषि पेशामा दुःख गरेरै भए पनि ६ छोरोलाई उच्च शिक्षासम्म पढाए । छोराहरू सबै पढाइमा अब्बल भएर निस्किए । सबै भाइहरूले आदर्श मावि दिगाम–७ मा अध्ययन गरे । शुरूमा त्यो विद्यालय निम्न माध्यमिक तहसम्म थियो । ६ भाइमध्ये जेठा यदुुलाल पन्थ र माहिला छोरा कृष्णप्रसाद पन्थले रिडीस्थित विद्यालयबाट एसएलसी उत्तीर्ण गरे भने अन्य सबै भाइले आदर्श माविबाटै एसएलसी राम्रो अंकका साथ उत्तीर्ण गरे ।पन्थको सपनासँगै सबै भाइ पढाइ सकेर सरकारी सेवाको उच्च पदमा पुगेका छन् ।
सबै भाइले उच्च शिक्षा काठमाडौंमा अध्ययन गरी सरकारी सेवा प्रवेश गर्ने निजामती सेवाको तयारी पनि गरे । सरकारी सेवामा नाम पनि निकाले । जब ६ भाइमध्ये जेठा सरकारी सेवामा प्रवेश गरे, त्यसपछि सबै भाइलाई सरकारी सेवामा प्रवेश गर्ने लोभ पलायो । सबै भाइको उमेर २–२ वर्ष मात्र फरक छ । त्यहीँ अनुसार निरन्तर मेहनतका साथ अध्ययन गरेर सबै भाइ सरकारी सेवामा माथिल्लो तहसम्म पुग्न सफल भए । सबै भाइ सरकारी सेवामा खुला प्रतिस्पर्धाबाट नाम निकालेर उच्च पदमा पुगेका हुन् । सम्भवतः नेपालमा यस्तो परिवार कमै होला । ६ भाइ कुन–कुन सेवाको कुन पदमा पुगे त ?