राजनिति नेपाली काग्रेसबाटै गर्ने अभिनेत्री कोइरालाको घोषणा

राजनीति
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ। अभिनेत्री मनिषा कोइरालाले आफुले राजनिति नेपाली काग्रेसबाटै गर्ने बताएकी छन् । मंगलबार राजधानीको एउटा गैरराजनीतिकु कार्यक्रममा सहभागी भइन्।सोही कार्यक्रमपछि अभिनेत्री मनिषा कोइरालाले अहिले आफुले राजनितिका बारेमा केहि नसोचेको स्पष्ट पार्दै राजनिति त मैले मेरो हजुरबुवाले खोलेको पार्टी छदैछ त भनिन ।

गैरराजनीतिक भनिएको अभियानमा उनी सहभागी भए पनि अन्य सहभागीले जमेर हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गरेका थिए तर नेपाली कांग्रेसको लिगेसी बोकेको कोइराला परिवारकी पब्लिक फिगर मनीषाको उक्त कार्यक्रममा छोटो धारणा राख्दै राजनीतिक अस्थिरता भए पनि देश अस्थिर बन्न नहुनेु टिप्पणी गरिन्।राजनीतिक परिवारमा हुर्किएकी मनीषा पनि हिन्दुराष्ट्रको विषयमा जनताको मत लिनु पर्ने धारणा राख्छिन् । सहभागिता नै धेरैका लागि आश्चर्यको विषय बन्यो।

पृथ्वीनारायण शाहको जन्म जयन्ती पुस २७ लाई भव्य रूपमा मनाउने कार्यक्रममा उनको सहभागिताले राजतन्त्र पुनर्स्थापनाका पक्षधरलाई हौसला मिलेको छ।मनीषाले मञ्चबाट पनि संयमित भएर भनिन पछाडि के भयो बिर्सौ राष्ट्रिय एकता दिवसको मूल्यलाई सम्झिएर हामीले यो दिवस मनाउनु पर्छ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *