नेपाली सेना मा जागीर खान चाहनु हुन्छ? यति धेरै संख्या मा खुल्याे जागिर !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाली सेनामा ठूलो संख्यामा नयाँ भर्ना खुलेको छ । सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको हो । गी अड्डाले जनाए अनुसार लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा भर्ना खुल्ला गरेको हो । बन्दोबस्ती कार्य सिपाही पदमा ९६ जना, अमल्दार कर्मचारी पदमा ५३ र लेखा जमदार पदमा ५० जनाका लागि दरखास्त आह्वान गरिएको छ । सेनाले नारायणहिटी उत्तरतर्फको गेट नेपाल क्याभलरीको खेल मैदानमा दरखास्त फारत वितरण र संकलनको व्यवस्था मिलाएको छ ।दोब्बर दस्तुर बुझाएर माघ २८ गतेसम्म दरखास्त बुझाउन सकिने छ भने दरखास्त दिने अन्तिम मिति माघ २१ गतेसम्म तोकिएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *