जब खुमलटार पुगेर विप्लवपुत्र प्रकाशले सीतालाई आमाभन्दै अंगालो हालेपछि……

राजनीति
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई उपचारका लागि भारतको मुम्बई लगिएको छ । मुम्बई लैजानुअघि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दले भेटेका छन् । प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित दाहाललाई उपचारकालागी भारतको मुम्बईमा लगिएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

डाक्टर प्रकाश बुवाको राजनीतिक विरासतबाट माथि उठेका उनी यतिबेला युवाहरुको आवाज बनेका छन् । त्यसैले उनी युवाहरू माझ लोकप्रिय छन् । चितवन मेडिकल कलेजमा मेडिकल विद्यार्थीहरूको चर्चित आन्दोलनको नेतृत्व गरेदेखि नै प्रकाश सबैको प्रिय बनेका हुन् । १६ वर्षपछिको भेटमा प्रकाशले सीता दाहाललाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्यसम्बन्धी केही सुझावहरू पनि दिएको खुमलटार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रकाशले सीता दाहाललाई आमा भनेरै सम्बोधन गरेका थिए । सीता दाहाललाई भेट्न प्रकाश सोमवार बिहान करीब ९ बजे खुमलटार पुगेका थिए । प्रकाशले भेटेलगत्तै सीतालाई मुम्बई लगिएको हो । नेत्रविक्रम चन्दले १० वर्षे जनयुद्ध प्रचण्डकै नेतृत्वमा लडेका थिए । शान्ति प्रक्रियामा आएपछि पार्टी विभाजन हुँदा मोहन वैद्य किरणतर्फ लागेका चन्दले हाल आफ्नै नेतृत्वमा अर्धभूमिगत राजनीति गर्दै आएका छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *