धनगढीको ‘अम्ब्रेला स्ट्रिट’ मा फोटो खिच्ने र टिकटक बनाउनेको घुइँचो (हेर्नुहोस् तस्वीर सहीत)

मनोरञ्जन
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी : धनगढीको ‘अम्ब्रेला स्ट्रिट’ मा फोटो खिच्ने र टिकटक बनाउनेको घुइँचो लाग्न थालेको छ। धनगढीको एसटिएस सिनेमा हलले ‘अम्ब्रेला स्ट्रिट’ तयार पारेपछि फोटो खिच्ने र टिकटक बनाउनेको घुइँचो लाग्न थालेको हो ।सुदूरपश्चिममै पहिलोपटक धनगढी उप–महानगरपालिका वडा २ सन्तोषी टोलमा रहेको एसटिएस सिनेमा हलले आफ्नो प्राङ्गणमा ‘अम्ब्रेला स्ट्रिट’ तयार परेपछि फोटो खिच्न र टिकटक बनाउनका लागि युवापुस्तादेखि बृद्धबृद्धाहरु समेत त्यहा पुग्ने गरेका छन्। ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

‘अहिले चितवन र काठमाडौँको ‘अम्ब्रेला स्ट्रिट’ भाइरल भएको छ,’ टिकटक बनाउन पुगेकी धनगढीकी संगीता कार्कीले भनिन्, ‘सिने हलमा समेत ‘अम्ब्रेला स्ट्रिट’ तयार पारिएपछि बिदाको दिन साथीहरुसँग रमाइलो गर्न सजिलो भएको छ।’ धेरै टाढा घुम्न जानुभन्दा धनगढीमै साथीहरुसँग भेटघाट गरेर फोटो खिच्न र टिकटक बनाउन सजिलो भएको उनले बताइन्।

सजाएर राखिएको छातामुनी बसेर फोटो खिच्न र टिकटक बनाउन पाउदा खुसी लागेको धनगढीका ध्रुवबहादुर सिंहले बताए। ‘धनगढीमा ‘अम्ब्रेला स्ट्रिट’ तयार गरेर धैरै राम्रो भएको छ,’ उनले भने, ‘यसमा धेरै युवायुवतीहरु रमाएका छन्।’


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *