बर्दियामा छोरासँग मोटरसाइकलमा स’वार रहेकी ५० बर्षीया आमालाई बाघले ल’ग्यो,छोरा घाइते

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

बीच सडकबाट एक महिला बेपत्ता भएकी छिन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जको कुँवाभार नजिक पाटे बाघले एक महिलालाई बेपत्ता पारेको हो । मोटरसाइकलमा सवार कैलालीको लम्किचुहा नगरपालिकाकी नन्दकला थापालाई बाघले झम्टेर बेपत्ता पारेको जनाइएको छ ।

शुक्रबार राति नेपालगन्जबाट कैलाली जाँदै गरेको आमा छोरा सवार मोटरसाइकलको पछाडी बसेकी थापालाई बाघले झम्टिएको जनाइएको छ । मोटरसाइकल चालक महिलाका छोरालाई सामान्य चोट लागेको छ । नेपाली सेनाले हात्तीको सहायताबाट महिलाको खोजी गरिरहेको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *