केटी गोरी भई भनेर बुहरी स्वीकार्न नमानेपछि केटीका परिवारले छोरीको अन्तै गरिदिए बिहे, तर मन नपरेको घर र वर भन्दै छोरीले घरै छाडेपछि अहिले आमा पछुताउँदै (भिडियोसहित)

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन । अनौठो अनौठो घटना चितवनमा सुन्न पाईन्छ । पछिल्लो केही समयमा घटनै घटनाको थलो चितवनमा निकै नै रोचक घटनाको कथा सुन्न परेको छ । यसपालीको चितवन घटना रंगका आधारमा विभेद भएको कुरामा समेटिएको छ । यो निकै नै रोचक पनि छ भने मार्मिक त उत्तिकै भई नै हाल्यो । खासमा कुरा के रहेछ भने चितवनको गीतानगरकी एक युवतीले मन पराएको आफ्नो प्रेमीले उनलाई छालाको रंग गोरो भएको भन्दै छाडिदिए ।

केटीको आमाको भनाई अनुसार आफ्नी छोरी गोरी भएको हुनाले छोरीले रुचाएको केटाको परिवारले बुहारी कालै रंगकी चाहीने अडान लिएपछि केटाले छोरीसंग बिहे गर्न अस्वीकार गरका रहेछन् । केटाले आफ्नी छोरीलाई अस्वीकार गरेको कुरा थाहा पाएर केटी पक्षले छोरीको बिहे सुदुरपश्चिमको धनगढीमा गरिदिएछन् । तर छोरीले भने त्यो बिहे जर्वजस्ती गरिदिएको भन्दै आमा बाबुले बिहे गरेर दिएको घर नै छाडेर अहिले बेपत्ता भएकी छिन् ।

छोरीले घर छाडेको कुरा थाहा पाएकी केटीकी आमाले रुँदै छोरीलाई घर आउन आग्रह गरेकी छिन् । एक अन्तरवार्तामा निकै नै भावकु हुँदै आमाले आफ्नी छोरीलाई घर फर्कन आग्रह गरेकी हुन् । छोरीको लभ परेको कुरा आफुहरुलाई थाहा भएको र आफुहरुलाई केटा पनि मन परेको बताउँदै आमाले आफ्नी छोरीलाई गोरो भएकै आधारमा त्यागि दिएको झोंकमा आफुहरुले पनि छोरीको बिहे गरिदिएकोमा पछुताएको बताउँछिन् । भिडियोसहित


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *