एसईईको मिति तोकियो !

शिक्षा
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

माध्यमिक शिक्षा परीक्षा (एसईई) आउदो २०७८ जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल भन्छन्ः ‘बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र जेठसम्ममा परीक्षा लिइसक्नु पर्दछ,’ उनी भन्छन्, ‘त्यसो नगर्दा शैक्षिक सत्र खेर जान सक्छ ।’ कोरोनाका कारण गत वर्ष एसईई सञ्चालन हुन सकेन । त्यो अवस्था दोहोरिन नदिन बेलैमा तयारी तीव्र बनाउनु पर्ने अध्यक्ष पौडेल बताउँछन् ।

ताजा समाचार
जनताले आशा गरेका चर्चित नेता भीम रावलको यस्तो कर्तुत बाहिरियो, देशभरका नेताकार्यकर्ताले फायर खोल्ने पक्का म मर्छु तर प्रचण्ड–माधवको आकांक्षा पुरा हुन दिन्न भन्दै यसरी गर्जिए प्रधानमन्त्री ओली ! [फोटोसहित] अध्यक्षबाट हटाइएकै ठाउँबाट ओलीले खोलिदिए प्रचण्डको पोल ! संक्रमित, मृतक र निको हुनेको संख्या बढ्यो, काठमाडौं उपत्यकामा कति ? [ग्राफसहित] गर्भवती हुँदा वाकवाकी किन लाग्छ ? एसईईको मिति तोकियो ! प्रचण्ड पत्नी अस्पताल भर्ना प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री डोरमणि पौडेललाई संसदीय दलको नेताबाट हटायो माधव नेपालले मागे माफी ! खाँणले गरे प्रचण्ड–नेपालसँग मिल्न लागेको खुलासा, ओलीको खतरनाक तयारी !
ad
एसईईको मिति तोकियो !
अनलाइनमार्ग १५ पौष, २०७७

माध्यमिक शिक्षा परीक्षा (एसईई) आउदो २०७८ जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल भन्छन्ः ‘बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र जेठसम्ममा परीक्षा लिइसक्नु पर्दछ,’ उनी भन्छन्, ‘त्यसो नगर्दा शैक्षिक सत्र खेर जान सक्छ ।’ कोरोनाका कारण गत वर्ष एसईई सञ्चालन हुन सकेन । त्यो अवस्था दोहोरिन नदिन बेलैमा तयारी तीव्र बनाउनु पर्ने अध्यक्ष पौडेल बताउँछन् ।

ad
यस्तै, एसईईको आवेदन फारम खुला गरिएको छ । बुधबार राष्ट्रिय बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भर्नेबारे सूचना निकालेको हो ।

२०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो।

बोर्डले अहिले १० कक्षामा पढिरहेका विद्यार्थीहरूले रजिस्ट्रेसनको अर्थकट्टीको प्रतिलिपि, शैक्षिक सत्र २०७५ वा त्यसभन्दा पहिले निम्न माध्यमिक शिक्षा परीक्षा अर्थात् ८ कक्षा उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपिलगायत सम्बन्धित विद्यालयमा बुझाउनुपर्ने जनाएको छ ।

यस वर्षको ९ कक्षामा साधारण तथा प्राविधिकतर्फ पढिरहेका विद्यार्थीका लागि पनि रजिस्ट्रेसन फाराम भर्न बोर्डले सूचित गरेको छ । आगामी वर्ष एसईई दिनका लागि रजिस्ट्रेसन फारम भर्नुपर्ने बोर्डले जनाएको छ ।

सम्बन्धित विद्यालयले आफ्नो विद्यालयमा नियमित अध्ययन गरिरहेका विद्यार्थीको विवरण पछिसम्म पनि फरक नपर्ने गरेर प्रमाणित गरी २०७७ माघ मसान्तभित्र राजस्व शुल्कसहित फाराम शिक्षा विकास तथा समन्वय इकाईमा बुझाइसक्नुपर्ने जनाइएको छ ।

आवेदन फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ। यस्तै बोर्डले कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम भर्न पनि सूचना निकालेको छ। रजिष्ट्रेशनका लागि प्रतिविद्यार्थी तीन सय रूपैयाँ लाग्नेछ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *