आमाको निधन र बुवाले नहेरेपछि पत्रीका बेचेरै पढाई खर्च , रहर होइन बाध्यता !

समाज
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

कुशे–८ पैककी शर्मिला रोकाय त्रिभुवन मावि खलंगामा कक्षा १० मा पढ्छिन्। एसईईको तयारीमा धेरै समय दिनुपर्ने बेला उनी हातमा पत्रिका बोकेर सदरमुकामस्थित विभिन्न व्यक्तिका घर र अफिस पुग्छिन्। पत्रिका पुर्‍याउँदा पुर्‍याउँदै उनको बिहानको ३ घण्टा त्यत्तिकै बित्छ। जसले गर्दा अरू विद्यार्थीजस्तै सहज रूपमा उनले पढ्न पाएकी छैनन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उनको यो रहर नभई बाध्यता हो। कसैले सहयोग नगरेपछि पढाइ खर्च जुटाउन उनले स्थानीय पत्रिका वितरणको काम गरिरहेको बताइन्। पत्रिका बाँडेबापत उनले मासिक पाँच हजार पाउँछिन्। त्यसैबाट सदरमुकाम बस्ने र पढाइ खर्च जेनतेन जुटेको छ। चार वर्षअघि आमाको निधन भएको र बुवा नरबहादुर रोकायले दोस्रो बिहे गरेपछि उनका दुःखका दिन सुरु भए।

बुवाले नहेरेपछि तीन भाइलाई आफूसँगै सदरमुकाम राखेर उनले पढाउने गर्थिन्। तर, दुई वर्षअघि भेरी नगरपालिका–३ ठाँटी नजिक गएको पहिरोमा परी दुई भाइ गुमाइन्। बचेका एक भाइलाई एसओएस बालग्राम सुर्खेतले निःशुल्क पढाउने गरी जिम्मा लिएपछि उनी एक्लै परेकी छन्। अहिले भाडाको घरमा बसेर पढ्ने गरेकी छन्। कोठाभाडा मासिक एक हजार तिर्नुपर्छ।

खाना खर्च, कापी कलम र ट्युसन शुल्कलगायत खर्च जुटाउन उनलाई हम्मेहम्मे परेको छ। पाँच हजारले पनि पुग्दैन। पैसा नहुँदा कति दिन भोक सहेरै खाली पेट बसेको उनले सुनाइन्। उनले भनिन्, ‘म जसरी पनि पढ्छु, औपचारिक पढाइ सकेर केही सीपमूलक व्यवसाय गर्ने सोचमा छु।’

यसअघि भारी बोक्ने र पल्लादारी गरेर गुजरा चलाउँथिन्। तर, खुट्टामा चोट लागेपछि अहिले ठूलो काम गर्न नसक्ने भएकाले पत्रिका बाँड्न थालेको उनले बताइन्। काम गर्दै पढ्नुपर्ने भए पनि उनी पढाइमा अनुशासित र मिहिनेती रहेको त्रिभुवन माविका शिक्षक सत्यनारायण मण्डलले बताए।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *