प्रीयंका चोपडालाई पछि पार्दै जसिता गुरुङ १०० सुन्दरी अभिनेत्रीको ५४ औ स्थानमा

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली सिने क्षेत्रकी सुन्दरी अभिनेत्री जसिता गुरुङ २०२० को १०० सुन्दरी भित्र पर्न सफल भएकी छन् । उनले ५४ औ स्थानमा अड्डा जमाएकी छन् । टिसि क्यालेन्डरले वार्षिक रुपमा गर्ने विश्वभरिका सुन्दरी सेलिब्रेटीहरुको सुचिमा नेपाल पहिलो पटक पर्न सफल भएको हो ।

जसिताले भारतलाई पनि पछि पार्न सफल भएकी छन् । बलिउड अभिनेत्री प्रीयंका चोपडा ९१ औ स्थानमा छिन् । यसअर्थमा गुरुङले सुन्दरिमा भारतलाई पनि जितेकी हुन । टिसि क्यालेन्डरको यो ३१ औ श्रृङखला हो ।

उनको यो खवर पछि जसितालाई सुभकामना दिनेहरुको ओईरो लागेको छ । फिल्म ‘लिलिबिली’ र ‘लभ स्टेशन’ बाट चर्चामा आएकी जसिता गुरुङ ‘क्युट’ नायिकामा पर्छिन् । अभिनयका हिसाबले पनि जसिताको राम्रै चर्चा हुने गर्छ । दुईवटा फिल्मबाट नै चर्चामा रहेकी यी नायिकाको नाम यसरी आउदा उनको उचाई झनै बढेर गएको छ । जसिता सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने गर्छिन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *