आज सबैको मनमा बस्न सफल चर्चित अभिनेता सलमान खान को जन्मदिन;शुभकामना दिनेको घुइँचो

मनोरञ्जन
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । डिसेम्बरको अन्तिम साता अहिले बलिउड अभिनेता सलमान खानले आफ्नो जन्मदिन मनाएका छन् । डिसेम्बर २७ मा उनको जन्मदिन हो । प्रत्येक वर्ष, यस अवसरमा फ्यानहरूको ठूलो भीड ग्यालक्सी अपार्टमेन्ट बाहिर जम्मा हुन्छ। यस पटक सलमान आफ्नो ५५ औं जन्मदिन मनाउए । तर यो वर्षको जन्मदिनमा सलमानले निकै ठूलो निर्णय लिए । जसका कारण उनको फ्यानलाई चोट पुग्यो । सलमानले आफ्नो घर बाहिर एउटा सूचना टाँसे ।

सलमान खानले आफ्ना प्रशंसकहरूलाई उनको घर बाहिर जम्मा नहुन अपिल गरे । उसले आफ्ना फ्यानहरूलाई डिसेम्बर २७ मा ग्यालक्सी अपार्टमेन्ट बाहिर नआउन अनुरोध गरेका थिए । कोरोना जोखिमका कारण सामाजिक दूरी कायम राख्न आग्रह गर्दै उनले फ्यानलाई नआउन भने । यती धेरै वर्षमा यो पहिलो पटक हो कि सलमानले आफ्नो जन्मदिन आफ्ना फ्यानहरूसँग मनाएनन् ।

सलमानले आफ्नो नोटिसमा लेखे, ‘मेरो जन्मदिनमा फ्यानहरूको प्रेम र स्नेह धेरै बर्षहरूदेखी पाउँदै आएको छु । तर मेरो नम्र आग्रह कोभिड महामारी र सामाजिक दूरीलाई ध्यानमा राख्दै यस बर्ष मेरो घरको बाहिर नआइदिनुहोला । एउटा मास्क लगाउनुहोस्, हात सफा गर्नुहोस्। शारीरिक दूरी राख्नुहोस्। म अहिले ग्यालेक्सिमा छैन ।’

मिडिया रिपोर्टका अनुसार सलमान खान आफ्नो बर्थडे परिवारसँग यस पटक पनवेल फार्महाउसमा मनाएका छैनन। यस्तो अनुमान गरिएको छ कि या त सलमान आफ्नो जन्मदिनको अवसरमा होटेलमा लुकेका छन् वा उनकी बहिनीको घरमा छन् ।

सलमान खान हरेक वर्ष आफ्नो जन्मदिन ठूलो तडक भडकका साथ मनाउँछन्। हजारौं फ्यानहरू यस दिन उनको घरको बाहिर जम्मा हुन्थे । त्यहि समयमा, सलमान उनको बालकनीमा निस्कन्थे ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *