सच्याएर भए पनि एमसीसी लागू गर्नुपर्छ : ऊर्जामन्त्री रायमाझी

राजनीति
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू गर्नुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै उनले कुनै पनि वैदेशिक लगानी अस्वीकृत गर्न नहुनेमा जोड दिए । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

एमसीसी सम्झौतामा देशको स्वाभिमान कमजोर पार्ने विषय भएमा सच्याएर भए पनि कार्यान्वयनमा लैजानुपर्ने रायमाझीको भनाइ छ । ‘एमसीसीमा कतिपय सम्झौता गर्दाखेरि देशको स्वाभिमानलाई कमजोर पार्ने खालका बुँदा छन् भने त्यसलाई सुधार गर्न सकिन्छ तर हामीले विदेशी लगानी ल्याउनै हुन्न, यो अपराध नै हो, यसले हाम्रो देश कोल्याप्स हुन्छ भन्ने कुराहरूमा मलाई विश्वास छैन,’ उनले न्युज एजेन्सी नेपालसँग भने ।

एमसीसी लागू नगरे भारतसँग जोड्ने ट्रान्समिसन लाइन निर्माण हुन नसक्ने र यसले देशको ऊर्जा उत्पादनमा ठूलो नोक्सानी पुर्‍याउने उनले बताए । मन्त्री रायमाझीले देशको राजनीतिक प्रणालीलाई बचाउन आफूले मन्त्री पद स्वीकार गरेको पनि बताए । ‘देश असाध्यै विषम परिस्थितिमा छ ।

हामीले सिस्टमलाई बचाउन मेहनत गरेनौं भने यो सिस्टम नै कोल्याप्स, धराशायी भएर, अराजकता फैलने दिशातर्फ अघि जाने सम्भावना भएकाले त्यो सिस्टमलाई बचाउन मध्यावधि चुनावमा जाादै छौं,’ उनले भने, ‘सरकारलाई सडकमा लगेर लावारिस गर्नुभएन ।

देशको विकास निर्माण, समृद्धिको काम, भइरहेका कामलाई निरन्तरता दिने र नयाा कामलाई अगाडि बढाउने कामलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ ।’ राजनीतिक प्रणालीलाई निरन्तरता दिन र देशमा स्थिरताका लागि मध्यावधि निर्वाचनमा जानुको विकल्प नरहेको पनि रायमाझीले बताए । ऊर्जा क्षेत्रलाई क्रमश: निर्यात हुनेतर्फ अगाडि बढाउने उनको भनाइ छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *