राजा फाल्ने जनताले नयाँ राजा बन्न खोजेका ओलीलाई बाँकी राख्दैनन् : नेता सुरेन्द्र पाण्डे

राजनीति
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले जनताको बलिदानबाट स्थापित अधिकारको संरक्षण एवं प्रवद्र्धनका लागि पुनःआन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ । नेकपा धादिङ–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको भेलामा उहाँले विधि, पद्धति, कानून र संविधानभन्दा माथि कोही नहुने भएकाले गलत काम गर्नेविरुद्ध जनताले खबरदारी गर्नुपर्ने बताउनुभयो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भई नेकपा बनेको तथ्य पेश गर्दै उहाँले भन्नुभयो, “हामी विभाजित भएका छैनौँ ।” ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

पूर्वमन्त्री पाण्डेले पार्टीकोे पछिल्लो अवस्थाबारे जानकारी गराउँदै अगाडि थप्नुभयो, “नेकपाको साविक ४३५ सदस्यको आधा २१८ हो, अहिले नेकपाको पछिल्लो बैठकमा २९४ जनाको उपस्थिति छ । त्यसकारण मूल पार्टी र मूल घर नै हामी हौँ ।” उहाँले संवैधानिक निकायले पनि प्रमाण र कानूनका आधारमा निर्णय गर्ने भएकाले पार्टीका नेता तथा कार्यकर्ता कोही पनि विचलित हुन नहुने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बोल्दै पाण्डेले राजा फाल्ने जनताले नयाँ राजा बन्न खोजेका ओलीलाई बाँकी नराख्ने बताउनुभयो। उंहाले ६४ सालको जस्तै आन्दोलन फेरि गर्नुपर्ने अवस्था आएको बताउनुभयो । ‘ओलीको प्रतिगामी कदमविरुद्ध पुस १४ गते बिशाल प्रदर्शनमा सहभागी बनौं । लोकतन्त्र अ’पह’र’ण हुन लाग्दैछ ।” नेता पाण्डेलेभन्नुभयो– ‘ओली नयाँ राजा हैन,नयाँ राजा बन्ने कुचेष्टा नगर्नुस् । जनताले बाँकी राख्दैनन् ।’ साढे २ सय वर्षदेखिको राजालाई समातेर पछाडि फाल्न सक्ने जनताले ओलीको यो निरंकुश, स्वेच्छाचारी, अलोकतान्त्रिक र संविधान विरोधी कदमलाई पनि समाप्त पार्ने पाण्डेको भनाइ छ।

‘२०४७ को संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार थियो। त्यसले अस्थिरता ल्याउन सक्ने भन्दै हामीले २०७२ को संविधानको त्यो व्यवस्था हटाएका हौँ,’ उंहाले भन्नुभयो, ‘तर ओलीजीले त्यसमाथि नै उभिएर संसद विघटन भन्नुभयो।’

नेता पाण्डेले प्रधानमन्त्रीले भोलि अदालत विघटन भयो भनेर राष्ट्रपतिलाई सिफारिस गर्नुभयो भने के अदालत विघटन हुन्छ भन्दै प्रश्न गर्नुभयो। ‘सेना भंग गर्दिएँ भनेर हुन्छ। ब्युरोकेसी भंग गरे भन्नुहोला,’उहाले प्रश्न गर्दै भन्नुभयो, ‘यसको संविधान र कानूनी व्यवस्था छैन। जसले जे मन लाग्यो त्यही गर्न पाइन्छ?’

नेता पाण्डेले नेकपा पार्टी र चुनाव चिन्ह सूर्यका विषयमा कुनै विवाद नरहेको भन्दै माधव–प्रचण्डले नेतृत्व गरेको पार्टी नेकपा नै बैधानिक र यसको चुनाव चिन्ह सूर्य आधिकारिक भएको बताउनुभयो । उंहाले भन्नुभयो–’निर्वाचन आयोगले यो विषयमा कुनै प्रभावमा नपरी निर्णय गर्नेमा म विश्वस्त छु ।’


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *