यस्तो छ थाइल्यान्डको नेपाली गाउँ; दशै तिहार मनाउँछ्न, खेती किसानी गर्छ्न हेर्नुहोस् (भिडियो सहित

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

वर्तमानले बिर्संदै गए पनि इतिहास साक्षी छ–पिलोकका डाँडामा रगतपसिना बगाएर मानव बस्ती बसाउने काममा नेपाली जतिको भूमिका कसैको छैन ।पिलोक, थाइल्याण्डको राजधानी बैंकक्बाट २६१ कि.मि. टाढाको पहाडी गाउँ । अहिले थोङ फा फुम जिल्लामा पर्ने पर्यटकीय यो भूमिमा करीब आठ दशकअघि जंगल मात्र थियो ।दोस्रो विश्व”यु” द्धताका ब्रिटिश सेनामा रहेका नेपाली र तिनका आफन्तले बर्माको सीमामा पर्ने यो भूमिमा पहिलोपटक घर बनाएका थिए । बर्मा र मलेशियामा त त्यसअघि नै नेपाली पुगिसकेकै थिए । तर, पहाडको यो टापु आफ्नो भएको कुरा थाइल्याण्ड सरकारलाई नै पत्तो थिएन । थाई सुरक्षाकर्मी त्यस पहाडको फेदी कञ्चनाबुरीसम्म मात्रै आफ्नो सीमा ठान्थे ।

नेपालबाट दार्जिलिङ, बर्मा हुँदै थाइल्याण्डको पिलोक पुगेका सन्तमान राईसँग खानीको राम्रो ज्ञान थियो । भनिन्छ, उनी माटो सुँघेर कहाँ खानी छ पत्तो पाउँथे । पिलोकका डाँडामा खानीको सम्भावना देखेपछि उनले उत्खनन् शुरू गरे । त्यसको हल्लाखल्ला फैलिएपछि थाई सरकारका प्रतिनिधिहरू खोज्दै आइपुगे । त्यसपछि बल्ल ‘आइन्दा यो काम थाइल्याण्डको लागि गर्नु’ भन्ने राईलाई पुर्जी थमाए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *