वामपन्थी नेता स्वनाम साथीको निधन

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ — वामपन्थी नेता स्वनाम साथीको निधन भएको छ । स्वनामको शुक्रबार साँझ उपचारका क्रममा काठमाडौं मोडेल अस्पतालमा निधन भएको उनको परिवारले जानकारी दिएको छ ।गत असोज २८ गते स्वनामलाई कोरोना भाइरसको संक्रमण भएपछि स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो । पाटन अस्पतालमै उपचारका क्रममा कोभिड–१९ को रिपोर्ट नेगेटिभ आए पनि उनलाई निमोनिया भएपछि काठमाडौं मोडेल अस्पताल सारेर उपचार गरिएको थियो । उनले केही वर्षअघि मिर्गौला प्रत्यारोपणसमेत गराएका थिए ।
२००६ सालमा म्याग्दीमा जन्मिएका स्वनाम लामो समय नेपाली कम्युनिस्ट आन्दोलनमा लागेका थिए । उनले आफूलाई भने ‘कम्युनिस्ट अभ्यासी’ भनेर चिनाउँथे । हेटौंडा महाधिवेशनमा तत्कालीन माओवादीको विधान बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनी हेटौंडा महाधिवेशनको विधान मस्यौदा समितिको संयोजक नै थिए । तत्कालीन नेकपा (एकता केन्द्र मसाल), माओवादी केन्द्र हुँदै राजनीतिमा रहेका स्वनाम एकतापछिको नेकपामा भने कुनै भूमिकामा थिएनन् ।

स्वनामले २०७० सालमा इञ्जिनियर किरण गौतमसँग विवाह गरेका थिए । माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, अमिक शेरचनलगायतको उपस्थितिमा उनले विवाह गरेका थिए ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *