बुवा जेलमा, आमाले छोडिन्– चिसोमा कुकुर च्यापेर सडकमा सुत्ने बालकलाई देखेर प्रशासनको मन पग्लियो

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी। भारतको मुजफ्फरनगरमा एक सानोे बालक फूटपाथमा कुकुर च्यापेर सुतेको कारु’णिक तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। कठ्यां’ग्रिदो चिसोमा उक्त बालक एउटा ओढ्ने र एउटा ओछ्याउने कुरा लिएर कुकुरसँग सुतेको देखिन्छ।अंकित नामक ती बालक ड्यानी नामक कुकुरको सहारामा बाँचिरहेका छन् । तस्वीर भाइरल भएपछि प्रहरी प्रशासनको मन पनि पग्लेको छ। जम्मा १० वर्षको यस बालकका पिता कारागारमा छन् र आमाले उसलाई छोडेर गएकी छन्।

उसले आफ्नो परिवारमा आमा र बुवा बाहेक अरू कसैलाई चिनेको छैन । बिहान उठेर चियापसलमा कप र प्लेट माझ्ने चिसो रातमा फूटपाथमा सुत्ने उसको नियति बनेको छ । कुकुरले अंकितको देखभाल गर्ने गरेको छ।प्रहरीले बालकलाई न्यानो कपडा र जुत्ता उपलब्ध गराएको छ । अनि बच्चालाई रेखदेख पनि गर्ने बताएको छ। बालकलाई अहिले एक विद्यालयमा भर्ना गरिएको छ । प्रहरीले बालककी आमालाई पनि खोजी गरिरहेको छ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *