प्रचण्डले माधवलाई छ महिनापछि भुइँमा पछार्छन् – गोकुल बास्कोटा

राजनीति
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ पुस । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको नेकपाका नेता गोकुल बास्कोटाले छ महिनापछि माधवकुमार नेपालको अवस्था घर न घाटको हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै बास्कोटाले छ महिनापछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाललाई भुइँमा लगेर पच्छार्ने बताए । पार्टी एकीकरण र समन्वयात्मक भूमिका खेल्ने नाममा माधवकुमार नेपालले धोका दिएका उनले बताएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रचण्डले पनि पार्टी एकीकरणको नाममा एमालेलाई सिध्याउने रणनीति बनाएको कुरा अहिले आएर प्रष्ट भएको नेता बास्कोटाले बताएका छन् । ‘पार्टी एकीकरण रणनीति मात्रै रहेछ । प्रचण्डको राणनीतिक रहेछ’, उनले भने, ‘माधवकुमार नेपाललाई प्रचण्डले छ महिनापछि भुइँमा लगेर पर्छार्ने छन् । त्यो देखिएको छ । त्यस बेला मलाई भन्थ्यो भन्नु होला ।’

माधवकुमार नेपाल र प्रचण्ड मिलेर ओलीमाथि ‘कु’ गरेको उनले आरोप लगाएका छन् । ‘उहाँहरूले ‘कु’ गर्नुभयो । माधव नेपाल उता जाने कुरा रहेछ । समन्वयात्मककारी काम गर्छु भन्नुभएको थियो । उहाँ ढोँगी हुनुहुँदो रहेछ’, उनले भने, ‘माधवजी खुला प्रतिस्पर्धा उहाँको जीवनमा रहेनछ । सधैँ षड्यन्त्र गरेर खाने मात्रै रहेछ ।’‘छ महिनाभित्र माधव नेपाल घर न घाटको हुनेछन्’, उनले भने, ‘माधव नेपाललाई प्रधानमन्त्री भन्दै थिए । अहिले अर्कैको नाम आएको छ । त्यो नाम पनि बदल्लान् नि ?’


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *