सेयर गर्नुहोस्
त्रिविले शिक्षकहरुलाई दिदै आएको हिउँदे विदा यो वर्ष रद्ध गरेको छ । विद्यार्थीहरुको शैक्षिक सत्र खेर जान नदिन साथै हालको परीक्षा समयमै सम्पन्न गर्न र अर्को बर्ष सेमेष्टरको बाँकी पढाई सम्पन्न गरी परीक्षा सञ्चालन गर्नुपर्ने भएकोले यो वर्षको हिउँदे विदा रद्ध गरेको त्रिविले जनाएको छ ।
त्रिविले कोभिडका कारण बन्द अवस्थामा रहेका सबै क्याम्पस तथा विभागलाई स्थानिय निकायले तोकेको समयसिमा भित्र रहेर स्थानिय निकाय संग समन्वय गरि सम्भव भए सम्म भौतिक रुपमा कक्षा सञ्चालन गर्न निर्देशन दिइसकेको जानकारी दिएको छ ।
पठनपाठनलाई निरन्तरता दिन र परीक्षा सञ्चालनको अनिवार्यतालाइ मध्यनजर गरी शिक्षकहरुलाई दिदै आएको हिउँदे विदा यो वर्ष रद्ध गर्ने त्रिवि कार्यकारी परीषदको निर्णय भएको त्रिविले जनाएको छ ।
सेयर गर्नुहोस्