टिकटक बनाउन झुलेङ्गे पुलमा झु’ण्डिएका युवा खसेर ग’म्भीर घाइते

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

टिकटक बनाउन झुलुङ्गे पुलमा झु’ण्डिए’का एक युवा ल’डेर ग’म्भीर घाइते भएका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापा बबई गाउँपालिका-५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलबाट ल’डेर गम्भीर घाइते भएका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहका अनुसार पुलबाट झरेर गम्भीर घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ।

शनिबार साँझ सवा ६ बजेतिर घाइते थापालाई कोहलपुर रेफर गरिएको अस्पताल प्रशासनले सेतोपाटीलाई जानकारी दिएको छ । शनिबार रमाईलो गर्ने भन्दै २५/२६ जना साथी मिलेर पर्यटकीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका थिए। त्यहीँ समयमा थापाले टिकटक बनाउन भन्दै बबई नदी माथिको झुलुङ्गे पुलमा राखिएको सपोट तारमा झु’ण्डि’एका थिए। त्यहीँ क्रममा उनको हा’त ग’लेपछि सोझै बगरमा खसेका थिए।

इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीका अनुसार घटना शनिबार दिउँसो सवा २ बजेतिरको हो। ‘पिकनिक खाइसकेपछि साथीसँगै झुलुङ्गे पुलमा गएका थापाले टिकटक बनाउन भन्दै सपोट तारमा झु’ण्डि’एका रहेछन्,’ केसीले सेतोपाटीसँग भने, ‘केहीबेर झु’ण्डि’एपछि उनको हात गल्यो र उनी त्यहीँबाट सोझै तल बगरमा खसेको भन्ने छ।’

थापा झन्डै २० मिटर माथिको पुलबाट बगरमा बजारिएका थिए। उनको टा’उको, अनुहारलगायतमा शरीरका विभिन्न भागमा चो’टपट’क लागेको भन्ने जानकारी उनका साथीले दिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए।

सेतोपाटीलाई प्राप्त भिडियोमा थापा पुलमुनि केहीबेर झु’ण्डि’एको देखिन्छ। केही बेरमै त्यहीँबाट सोझै बगरमा खसेको देखिन्छ। थापा पुलमुनि झु’ण्डि’रहेको समयमा उनका ६/७ जना साथीहरु पुलमा उभिरहेका हुन्छन्।

प्रहरी निरीक्षक केसीले आफूहरू खबर पाएलगतै घटनास्थल पुगे पनि उनका साथीहरुले उद्धार गरि अस्पताल लगिसकेको बताए।(सेतो पाटिबाट साभार)


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *