अक्षय कुमारले राखे नयाँ रेकर्ड, भारतमै एक्ला ब्याक्ति

रोचक
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

मुम्बई । अमेरिकी बिज्नेस म्यागजिन फोब्सले सन २०२० मा सबै भन्दा धेरै कमाई गर्ने विश्वका एकसय जनाको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा एक्ला भारतिय अक्षय कुमार ५२ औं स्थानमा छन् । कोरोना संक्रमणमा समेत अक्षय कुमार धेरै कमाई गर्नेको सूचीमा परेको म्यागजिनले जनाएको छ ।

सन २०१९ मा उनको कमाई ४४४ करोड भारतीय रुपैया थियो भने यो वर्ष ३५६ करोड रहेको छ । गत वर्ष उनी ५१ औं स्थानमा थिए भने २०१८ मा २७० करोड कमाइ गरेका अक्षय ७६ औं स्थानमा थिए ।

म्यागजिनले उल्लेख गरे अनुसार उनको कमाइको मुख्य स्रोत फिल्म नै हो । फोब्सको सूची अनुसार अमेरिकी मिडिया पर्सनालिटी एवं व्यवसायी काइली जेनर सबै भन्दा धेरै कमाई गर्ने सेलीब्रेटीमा १ नम्बरमा छिन् उनको कमाई ५९० मिलियन डलर रहेको छ । दोस्रो स्थानमा अमेरिकी र्यापर कानये वेस्ट दोस्रो र स्विस टेलिस प्लेयर रोजर फेडरर तेस्रो स्थानमा छन् । फुटबल प्लेयर क्रिस्टियानो रोनाल्डो चौथो र लियोनल मेसी पाँचौ स्थानमा छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *