अवैध सम्बन्ध लुकाउन काकीको हत्या

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

लमजुङ — एक महिलाको हत्याको अभियोगमा दुई युवक पक्राउ परेका छन् । सुन्दरबजार–४ दुराडाँडा चारघरेकी ३५ वर्षीया धनमाया भुजेलको हत्याको ३६ घण्टाभित्रै प्रहरीले सुन्दरबजार–३ स्वाँराका २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेललाई पक्राउ गरेको हो । सागर धनमायाका भतिजा र विकास भान्जा हुन् ।

डीएसपी गंगाबहादुर थापाका अनुसार घटना गत बुधबार बिहानको हो । ‘मृतक धनमायाका पति ध्रुवले भ्यासेक्टोमी गरेका रहेछन् । गाउँलेले धनमाया गर्भवती रहेको सुनाएपछि अवैध सम्बन्धको पोल खुल्ने डरले सागरले धनमायाको हत्या गरेको बुझियो,’ डीएसपी थापाले अभियुक्त सार्वजनिक गर्दै शुक्रबार प्रहरी कार्यालयमा भने ।
पहिलो पत्नीसँगको सम्बन्धविच्छेदपछि ध्रुवले धनमायासँग दोस्रो विवाह गरेका थिए । ध्रुवकी जेठीतर्फका दुई सन्तान हजुरबाआमासँग बस्छन् । ध्रुव र धनमाया अरूले छाडेको घरमा बस्थे । ध्रुव गाउँकै एक गाई फार्ममा काम गर्छन् । उनी सबैरै फार्ममा जान्थे ।

काकीसँगको आफ्नो अनैतिक सम्बन्ध गाउँलेले थाहा पाउन थालेपछि सागरले एक महिनादेखि धनमायाको हत्या गर्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ । डीएसपी थापाका अनुसार घटनाको एक साताअघि मात्रै अभियुक्त सागरले विकासलाई धनमायाको हत्या गर्ने भन्दै सहयोग मागेको खुलेको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *