‘बीबीसी मास्टर सेफ’को फाइनल आज, सन्तोषलाई देश-विदेशबाट अग्रिम शुभकामना !

विश्व प्रवास समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ– ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स’को फाइनलमा पुगेका सन्तोष साहलाई देश तथा विदेशमा रहेका नेपालीहरुले अग्रिम बधाई तथा शुभकामना दिएका छन् । टेलिभिजन रियालिटी शोको फाइनल आज हुँदैछ । आज स्थानीय समयअनुसार बेलुकी ९ बजे (नेपाली समयअनुसार राति पौने ३ बजे) बीबीसी वनमा फाइनल कार्यक्रम प्रसारण हुनेछ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

साहले यो शोमा विशेष किसिमका नेपाली परिकारहरु बनाएर जजहरुको मन जित्दै आएका छन् । उनले फाइनलमा पनि नेपाली परिकारहरु नै बनाउने बताएका छन् । फाइनलमा नेपाली सन्तोष साहसँगै एसेक्सका एलेक्स र मिडलसेक्सका विल बार्टले प्रतिस्पर्धा गर्दैछन् ।

उनीहरुलाई स्टार्टर, मेन डिस र डेसर्ट खाना तयार गर्नको लागि ३ घण्टा १५ मिनेटको समय दिइनेछ । उनीहरुले बनाएको खानाका परिकार जजहरुले चाखेपछि विजेताको घोषणा गर्नेछन् । यसैबीच साहको सफलताको कामना गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अग्रिम बधाई तथा शुभकामना दिएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *