दिन उमेर र जवानीमा नै गम्भिर बिरामी परेकी अनिता पति बिनोदको मायाले विस्तारै तंग्रिदैछिन् (भिडियो हेर्नुहोस)

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ । अनितालाई नचिन्ने सायदै बिरलै होलान् । यी उनै अनिता हुन् जस्ले श्रीमानको रुपमा साक्षात ईश्वरलाई पाएकी छन् । श्रीमान विनोदको माया र सहयोगले अनिता दिनप्रतिदिन निको हुँदै गईरहेकी छन् । आजभन्दा एक डेढ वर्ष पहिले श्रीमान बाहेक सबैले आश मारिसकेको अनिता र हिजोआजको अनितामा धेरे सुधार भईसकेको छ । अनितालाई उनकी अमाज्यू दिदीले पनि उत्तिकै केयर र माया गरेकी छन् जति श्रीमान विनोदले गरिहेका छन् । *** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

दिनप्रतिदिनको सुधारोन्मुख अनिताको स्वास्थ्य अवस्थाले उनलाई माया गर्ने सम्पुर्ण नेपालीहरुको मन खुशी भएको छ । अनिता आफैमा पनि एक आत्मबल बलियो भएकी नारी रहिछन् भन्ने कुरा उनको सुधार हुँदै गईरहेको स्वास्थ्य अवस्थाले थाहा हुन आउँछ । गएको केही समय पहिले मात्रै अनिताले आफ्नो श्रीमान विनोदलाई चस्मा लगाई दिंदै गरेको भिडियो सबैले देख्न पाएका थिए भने यतिबेला अनिताले आफैले आफ्नो दाँतलाई ब्रसले सफा गर्ने कोशिश गरिरहेकी छन् ।

उनले दाँतमा ब्रस गर्दै गरेको भिडियोलाई सामाजिक सञ्जाल टिकटकमा देख्न सकिन्छ । अनिताले आफै ब्रस गर्न सक्नु भनेको यो निकै ठूलो सफलता मानिन्छ । भिडियोमा श्रीमान विनोद छेउमा बसेका छन् भने भिडियोलाई शूट अमाज्यू दिदीले गरेकी छन् । साथै उनले बुहारी अनितालाई ब्रस गर्नकोलागी हौसला पनि दिईरहेकी छन् । भिडियो

@amodinikhadka

#fightforbrainhemmorage #keepsupporting #prayforanita🙌 #foryoupage #tiktoknepalofficial @binod.khadka3 @143aadhavan @seezu3 @callpanacar_kee

♬ original sound – Amodini khadka


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *