मुटुको शल्यक्रियापछि रेमो डिसुजाले अस्पतालमा गरे ‘डान्स’, श्रीमतीले सेयर गरिन् भिडियो

स्वास्थ्य
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

बलिउडका चर्चित कोरियाग्राफर तथा निर्देशक रेमो डिसुजा अचानक बिरामी भएपछि सबैजना अचम्ममा परेका छन् । देशभरीका कलाकार तथा प्रशंसकले लगातार सोसल मिडियामा उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

हालै उनको मुटुको शल्यक्रिया भएको छ । यतिबेला उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । हालै रेमा डिसुजाकी श्रीमतीले एउटा यस्तो भिडियो सेयर गरेकी छिन् जसले धेरैलाई खुसी तुल्याएको छ । रेमो बिरामी भएदेखि अस्पतालबाट लगातार उनकी श्रीमती लिजेलले उनको स्वास्थ्यबारे जानकार िदिइरहेकी छिन् । अब लिजेलले एउटा भिडियो सेयर गरेर रेमोको शल्यक्रिया सफल भएको जानकारी दिएकी छिन् ।


यो भिडियोमार्फत् उनका श्रीमान् रेमोको स्थिती पहिलेको भन्दा निकै राम्रो भएको उनले जानकारी दिएकी छिन् । अस्पतालबाट जारी गरिएको भिडियोमा रेमो डिसूजा आफ्नो खुट्टालाई सङ्गीतको तालमा नचाइरहेका छन् । भिडियो सेयर गर्दै लिजेलले लेखेकी छिन्, ‘खुट्टाले नाच्नु एउटा कुरा हो र मनले नाच्नु अर्को कुरा । रेमो डिसुजा…तपाईंहरु सबैको प्रार्थना र आशीर्वादका लागि ।’


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *