सार्क मुलुकमध्ये श्रीलंकाको अनलाइन शिक्षा उत्कृष्ट

शिक्षा
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ — कोरोना भाइरस फैलिएपछि श्रीलंकाको अनलाइन कक्षा सबैभन्दा प्रभावकारी रहेको जनाइएको छ । दक्षिण एसियाली सहयोग संगठन (सार्क) मुलुकको विश्वविद्यालय अनुदान आयोगहरूको दुई दिने भर्चुअल सम्मेलनले उक्त निचोड निकालेको हो ।सार्क मुलुकका खुला विश्वविद्यालयले मात्र अनलाइन माध्यमबाट पठनपाठन गर्दै आएका छन् । कोभिड–१९ को प्रकोप फैलिएपछि हरेक देशका प्रत्येक विश्वविद्यालयले अनिवार्य रूपमा भर्चुअल, अनलाइन, दूरशिक्षाका माध्यमबाट पठनपाठन गर्दै आएका छन् ।

श्रीलंकाका विभिन्‍न विश्वविद्यालयले आफ्नो विद्यार्थीमध्ये ९९ प्रतिशत अनलाइन तथा भर्चुअल माध्यममा जोड्न सकेको जनाइएको छ । उसले न्यून आय भएका विद्यार्थीलाई ऋण अनुदान दिएर प्रविधिमा पहुँच विस्तार गरेको छ । साथै, प्रविधिको प्रयोगबाट दूरशिक्षामा सहभागी विद्यार्थीको शैक्षिक गुणस्तर मूल्यांकन कार्यसमेत विधिसम्मत ढंगले गरेको छ ।

‘सार्कमा सबैभन्दा राम्रो श्रीलंकाले गरेको पाइयो,’ सम्मेलनमा सहभागी नेपाल खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माले भने, ‘यद्यपि उनीहरूको पनि नेटवर्कमा बेन्डविथको समस्या छ ।’ उसले ९० प्रतिशत मोबाइलमा आधारित कक्षा सुचारु राखेको पाइयो भने ६० प्रतिशतसँग व्यक्तिगत डिभाइसहरू रहेका छन् । डिजिटल, अनलाइन, दूर शिक्षाका माध्यमबाट पठनपाठन हुने सामग्रीबारे सबै विद्यार्थीलाई पर्याप्त जानकारी नहुनु समस्याका रूपमा लिइएको छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *