मनोज गजुरेलसँग विवाहको हल्लामा बर्षाले भनिन् ‘मनोज गजुरेलको र मेरो बाटो अलग छ’

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । केही दिन अगाडि हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्न लागेको खुलासा गरेका थिए । उनको उक्त खुलासालाई लिएर सामाजिक संजालमा बिभिन्न टिप्पणी समेत भइरहेका छन् ।

यस्तैमा केही अनलाइन मिडियाले गजुरेल र अभिनेत्री वर्षा शिवाकोटीले विवाह गर्न लागेको समाचार समेत बनाएका छन् । उक्त समाचारले बजारमा हल्ला मच्चाएपछि अभिनेत्री बर्षा शिवाकोटीलाई भने त’नाव बढेछ । सायद, त्यसैले पनि होला उनले सोमबार एकस्टाटस पोष्ट गर्दै समाचारको बिषयमा आ’क्रोस समेत ब्यक्त गरेकी छन् ।

वर्षाले पनि विवाह गर्ने हल्ला चलेको थियो । उनले आफ्ना प्रेमी सार्वजनिक गरेको र उनैसंग विवाह गर्ने तयारी गरेको चर्चा चलेको थियो । तर केही अनलाईनहरुले वर्षा र मनोजलाई जोडेर विवाह गर्दै भनेर गलत अर्थ जाने समाचार बनाएपछि वर्षा रिसाएकी हुन् ।

। मनोज गजुरेलसंग विवाह गर्ने हल्लामा कुनै सत्यता नरहेको र आफू दुईको बाटो नै फरक छ कसरी यस्तो हावादारी समाचार भाईरल बनाएको भन्दै रिसाएकी हुन् ।

समाचारमा भ्युज ल्याउनकै लागि आफ्नो अनावश्यक रुपमा मनोजसंग नाम जोडेको भन्दै उनी रिसाएकी हुन् । उनले भनेकी छन्, पत्रकार भन्दैमा पैसा कमाउन जे पनि लेख्ने ?
मनोज गजुरेल प्रति आफ्नो सधै सम्मान रहेको बताउँदै उनले गजुरेलसंग आफ्नो नाम जोडिने कुनै आधार नै नभएको उनको भनाई छ । कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाएको राम्रो भन्दै सुझाव समेत दिएकी छिन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *