कोभिड निको भएका बालबालिकामा ‘एमआईएस-सी’

स्वास्थ्य
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ — कोभिड–१९ संक्रमित बालबालिकामा मल्टिसिस्टम इन्फ्लामेट्री सिन्ड्रोम (एमआईएस–सी) भएको पाइएको छ । यो रोगले ज्यानै लिन सक्ने भएकाले सावधान रहन अभिभावक र चिकित्सकलाई बालरोग विशेषज्ञले सुझाव दिएका छन् ।उनीहरूले बालबालिकालाई कोभिड संक्रमण हुन नदिनका लागि जनस्वास्थ्यका उपाय अपनाउन र संक्रमण भइहाले स्वास्थ्य संस्थामा तत्काल लगेर उपचार गराउन जोड दिएका छन् ।

विशेषज्ञका अनुसार एमआईएस–सी भएका बालबालिकाको शरीरमा विषाक्त तत्त्व उत्पन्न हुन थाल्छ र शरीरभरि फैलिन्छ । यसको असर अरू महत्त्वपूर्ण अंगहरूमा पर्छ । एकै साथ थुप्रै अंगको काम बन्द हुने र बच्चाको ज्यान जाने जोखिम हुन्छ । अन्य कारणले समेत हुन सक्ने भए पनि हाल यो रोग मुख्य रूपमा कोभिड भाइरससँग प्रभावित वा निको भइसकेका बालबालिकालाई देखिएको छ । हालसम्म नेपालमा ३ देखि १४ वर्षसम्मका ५ बालबालिकालाई कोभिडका कारण ‘एमआईएस–सी’ भएको पाइएको छ । तर विज्ञहरूले रोगको पहिचान नभएका वा पहिचान भए पनि रिपोर्ट हुन नसकेका यस्ता समस्या भोग्ने बालबालिकाको संख्या योभन्दा बढी रहेको आकलन छ ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *