नाकको डण्डीफोर निचोर्दा अनुहार भयो यस्तो

विश्व प्रवास स्वास्थ्य
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । फिलिपिन्सकी किशोरी मेरी यान रेगाचोले नाकमा आएको डण्डीफोर निचोरेपछि अनुहार सुन्निएर बेलून जस्तो भएको छ । नाकको छेउमा आएको डण्डीफोर निचोरेपछि सुन्निँदै गएको र अनुहारभरि फैलिँदै गएर आँखा हेर्न समेत गाह्रो परेको उनले बताइन् ।

उनको नाकमा डण्डीफोर लामो समयदेखि थियो र उनले हर्मोनका कारण त्यसो भएको ठानिन् । पोहोर सालमा मात्र उनले छोरो जन्माएकी थिइन् । गर्भवती भएपछि छालामा समस्या आउने उनलाई थाहा थियो ।

अति भएपछि उनले डण्डीफोर निचोरिन् । त्यसको केही दिनपछि उनलाई दुख्न थाल्यो र अनुहार सुन्निन थाल्यो । उनले यसलाई रोक्न आयुर्वेदिक उपचार गरिन् तर त्यसको कुनै असर परेन ।

उनका पति अल्बर्ट सालेस छिमेकीको घरमा पार्टटाइम काम गर्छन् । उनीहरूको कमाइ थोरै भएकाले स्वास्थ्य उपचार गराउन सकिरहेका छैनन् । जिन्दगीभरि सुन्निएको अनुहार लिएर बस्नुपर्ने भयो भनी रेगाचोले पीर मानेकी छन् ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *