सिमा समस्या समाधान गर्न, प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि छलफल सुरु

राजनीति
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्ने चर्चा शुरु भएको छ । पछिल्लो पटक भारतबाट उच्चस्तरीय भ्रमण हुँदै गर्दा ओली पनि पछिल्लो समय दुई देशबीचको समस्या समाधानका लागि भारत भ्रमणमा जान चाहेको उच्च स्रोतले जनाएको छ । यसका लागि भित्रभित्रै छलफल सुरु भएको स्रोतको दावी छ ।

नेपाल–भारतको बीचमा देखिएको सीमा समस्याको बारेमा राजनीतिक रुपमा समाधान गर्ने पहल शुरु भएको छ । लिपुलेक, कालापानी, लिम्पियाधुरालाई लिएर नेपाल–भारतबीच विवाद रहेको छ । शुरुमा त्यो क्षेत्र समेटेर भारतले नक्सा बनायो भने पछि नेपालले पनि आफ्नो भूभाग भन्दै सो क्षेत्रलाई समेटेर नक्सा सार्वजनिक गर्यो । नयाँ नक्सा सार्वजनिक गरेर नेपालले संविधान संशोधन पनि गर्यो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *