कानमा लगाएको सुनको गहनाले लियो ६ वर्षीया बालिकाको ज्या,न !

समाचार
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

रसुवा- सुनको गहना लगाएकै कारण स्कुले बालिकाको ह,त्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाउन अभिभावकलाई आग्रह गरेको छ । कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङ निवासी ६ वर्षकी बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फर्कने क्रममा कानमा लगाएको रु १० हजार बराबरको सुनको मुन्द्राकै कारण यही मङ्सिर २१ गते ज्या न गु माउन परेपछि यस्ता घ टना रोक्न रसुवा प्रहरीले गहना पहिरन गर्ने वा गराउने कार्य न्यूनीकरण गर्ने अभियान शुरू गरेको हो । ***यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार यस्ता अपराधिक घटना रोक्न बालबालिकालाई सुनका कुनै पनि गहना पहिरन नलगाउने, अपरिचित व्यक्तिले दिएका चाउचाउ, बिस्कुट, चकलेटजस्ता चीज नखान उनीहरूलाई सचेत गराउने र पठनपाठनका लागि अभिभावक आफैँले विद्यालय लाने ल्याउने वातावरण मिलाउनेजस्ता विषयमा सचेतना अभियान शुरू गरिएको हो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *