हृदयघात भएपछि बलिउडका निर्माता रेमो डिसुजा अस्पताल भर्ना, आइसियुमा राखेर उपचार हुँदै

विश्व प्रवास
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी -बलिउडका निर्माता तथा कोरियोग्राफर रेमो डिसुजा अस्पताल भर्ना भएका छन्। भारतिय मिडियाका अनुसार हृदयघात भएपछि डिसुजा अस्पताल भर्ना भएका हुन् ।उनलाई शुक्रबार दिउँसो हृदयघात भएपछि कोकिलाबेन धिरूभाइ अम्बानी अस्पतालमा भर्ना गरिएको हो । अहिले अस्पतालको आइसियूमा राखेर उनको उपचार भइरहेको बताइएको छ ।

उनी अस्पताल भर्ना भएर आइसियुमा उपचार भइरहेको कुरा निर्देशक अहमद खानले पुष्टि गरेका छन्। कोरियोग्राफर डिसुजाकी पत्नी लिजेल पनि उनको साथमा छन्। लिजेलका अनुसार रेमोको एन्जियोग्राफी गरिएको छ।उनको पछिल्लो फिल्म स्ट्रीट डांसरु हो जसमा श्रदा कपुर र वरुण धवनको अभिनय रहेको थियो ।


सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *